एड्भान्समा नाटक मञ्चन प्रतियोगिता सम्पन्न

Avatar photo
Lawong Bijay
कार्तिक ३०, २०७९

धादिङ । धादिङबेसी सदरमुकामस्थित निजी विद्यालय एड्भान्स एकेडेमीमा आज अन्तरसदनात्मक नाटक मञ्चन प्रतियोगिता सम्पन्न गरिएको छ । सहभागी समूहहरूमध्ये सर्वोत्कृष्ट प्रस्तुतिसहित हरियो सदनका विद्यार्थीहरूले प्रथम स्थान हाँसिल गरेका थिए ।

त्यस्तै रातो सदनका विद्यार्थीहरू द्वितीय भएका थिए भने पहेँलो सदनले तृतीय स्थान प्राप्त गरेको थियो । नीलो सदनका विद्यार्थीहरूले भने सान्त्वना स्थान प्राप्त गरेका थिए । विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसका उपप्राध्यापक नवराज सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

सबै नाटकहरू जल्दाबल्दा सामाजिक समस्याहरू तथा समसामयिक विषयहरूसँग सम्बन्धित सन्देशमूलक रहेका थिए । कार्यक्रमबीच उत्कृष्ट सदनहरू र उत्कृष्ट विद्यार्थीहरूलाई नगदरकम सहित प्रमानपत्रद्वारा सम्मान गरिएको थियो ।विद्यार्थीहरूको केही दिनको मात्र तयारी रहेता पनि सबै नाटकहरू धेरै उत्कृष्ट र सन्देशमूलक रहेको कुरा कार्यक्रमका प्रमुख अतिथि तथा निर्णायक मण्डलका संयोजक सापकोटाले बताएका थिए ।

विद्यालयले हरेक तवरबाट विद्यार्थीहरूको सिकाइ र व्यक्तित्व विकासलाई सहयोग गर्ने उद्देश्यले पढाइलेखाइका साथसाथै यस्ता अतिरिक्त क्रियाकलापहरू र खेलकुदका गतिविधिहरूलाई पनि उत्तिकै महत्व दिदैँ आइरहेको कुरा विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिए ।