
धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले सडक उत्सव आयोजना गरी ५८ औँ वालदिवस २०७९ मनाएको छ ।
विद्यालयले हरेक वर्षझैँ यसवर्ष पनि वालदिवसको अवसरमा विद्यार्थीहरूको विविध प्रस्तुतिसहित पुछारबजार सडकखण्डमा सडक उत्सव आयोजना गरेको हो ।
‘वालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार’ नारा रहेको वालदिवस २०७९ कक्षा एकदेखि दशसम्मका सबै विद्यार्थीहरूको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरेको थियो । जसअन्तर्गत विशेषतस् विद्यार्थीहरूको नृत्य, गायन, कविता वाचन र वक्तृत्वकला समेत राखिएको थियो । कार्यक्रममा वरपरका अभिभावक तथा सर्व साधारणहरूको बाक्लो उपस्थिति थियो ।
वालदिवस मनाइनुको औचित्यबारे प्रकाश पार्दै विद्यालयका प्रिन्सिपल भिम श्रेष्ठले यस्ता कार्यक्रमहरूले वालवालिकाहरूको चौतर्फी विकासमा सहयोग पुर्याउनुका साथै समाजमा वालअधिकारसम्बन्धि सचेतना फैलाउन सहयोग गर्ने जानकारी दिए ।
