
धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवदी केन्द्रका रामसिंह तामाङले विजयी भए । वषौं देखि राप्रपाको गढ मानिदै आएको रुवीभ्यालीको अध्यक्षमा रामसिंह तामाङले २ हजार ७९२ मत ल्याउँदा उनको प्रतिद्वन्दी राप्रपाका गोम्बा घले २ हजार ५९७ मत मात्रै ल्याए ।
गठबन्धनका तर्फबाट अध्यक्षमा जितेका रामसिंह तामाङलाई नेपाली कांग्रेकाबाट चुनाव जितेका उप-प्रमुख फेलामा तामाङले पूर्ण सहयोग गरिरहेका छन् । रुवीभ्यालीको चौतर्फी विकासको अभियान बोकेर हिडेको पालिका अध्यक्ष रामसिंहको टोलीले अहिले केहि कामहरुको सुरुवात भई सकेको बताएको छ ।
वर्खाको समय थियो, सडक विस्तार हुन सकेन,अन्य कामहरु भने जारी रहेको अध्यक्ष रामसिंह तामाङ बताउँछन् । हामीले चुनावका बेला गरेका एक एक प्रतिवद्धता पुरा गर्दछौं अहिले यो १०० दिन केहि सुरु गरेका छौ भने केहि योजनाहरु पुरा हुन समय लाग्छन् उनले बताए ।
राप्रपाका बरिष्ठ उपाध्यक्ष एवम् पटक पटक मन्त्रि भई सकेका बुद्धिमान तामाङको चुनौतिका रुपमा रहेका रामसिंह तामाङले चुनाव जिते सँगै स्थानीयहरुले थप परिवर्तनको आशा व्यक्त गरेका छन् । स्थानीयहरुको मागलाई सम्बोधन गर्ने गरि ‘कोख देखि शोक’, भाषा तथा संस्कृति, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद, पर्यटन, गरिवी निवारण, सूचना तथा संचार, महिला तथा बालबालिका, जेष्ठनागरिक र आदिवासी जनजाती लक्षित कार्यकार्यमलाई जोड दिईएको रामसिंह बताउँछन् ।
रुवीभ्यालीमा रामसिंहको १०० दिन सूची
१. यो अवधिमा गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० का लागि २०७९ साल असार १० गते नीति तथा कार्यक्रम पेश भई रु.३१,५५,२०,०००।– वजेट स्वीकृत गरि दोश्रो गाउँसभाको प्रथम अधिवेशन सम्पन्न गरेको छ ।
२. गाउँपालिका स्थापनाकाल देखि नै गाउँपालिका भित्र बैंकको कुनैपनि शाखा नपुगेका कारण बैंकिङसेवाबाट बञ्चित रहंदै आएकोमा यस अवधिमा विशेष पहल गरि बैंक अफ काठमाण्डौको रुवी भ्याली शाखा स्थापना गरी पालिकाबासीलाई बैंकिङसेवामा जोड्न सफल भएका छ ।
३. गाउँपालिकामा दरवन्दी अनुसार कर्मचारी पूर्ति नहुँदा दैनिक सेवा प्रवहामा भएको असुविधालाई मध्ये नजर गर्दै शिक्षा, स्वास्थ्य, सूचना प्रविधी र प्राविधिक लगाएत केही कर्मचारी व्यवस्थापन गरी सेवा प्रवाहलाई सहज बनाएको छ ।
४. समय समयमा गरि यस अवधिमा सातवटा कार्यपालिका बैठक बसी विभिन्न विषयगत समितिहरु गठन गरि पूर्णता दिने कार्य सम्पन्न गरेको छ ।
५. पालिकाले बार्षिक नीति तथा कार्यक्रम मार्फत ‘कोख देखि शोक’ सम्म कार्यक्रम सञ्चालन गरि जन्म र मृत्युको घटना दर्तासंगै सेवाग्राहीलाई नगद रु.५००।– प्रदान गर्ने व्यवस्था गरेको छ ।
६. पालिकाले विभिन्न कार्यक्रम तथा योजनाहरु प्रभावकारी रुपमा सञ्चालन र सम्पन्न गर्न अभिमुखिकरण कार्यक्रम मार्फत उपभोक्ता समिति लगाएतका पक्षहरुसंग समन्वयनकारी भुमिका खेलेको छ ।
७. पालिकाले भाषा तथा संस्कृति, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद, पर्यटन, गरिवी निवारण, सूचना तथा संचार, महिला तथा बालबालिका, जेष्ठनागरिक र आदिवासी जनजाती लक्षित बजेट विनियोजन गरि कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । जस मध्ये पर्यटन तथा संस्कृति सम्वर्धन अन्तर्गत रुवी भ्याली सिङ्ला बोम्वो नाच महोत्सव सम्पन्न भएको छ ।
८. बैंकिङ सुविधा नभएकोले आर्थिक वर्ष २०७८।०७९ को अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा भौगालिक कठिनाईका बाबजुदटोल टोलमा गई जेष्ठ नागरिकलाई भत्ता वितरण गरेको छ।
९. गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनका लागि आवश्यक हुने रकम निकासाको लागि संघिय सरकार समक्ष पहल गरि रु.२,७०,०००००।– रकम निकासा हुने निश्चित गरेको छ ।
१०. केन्द्र सरकार, प्रदेश सरकार र उच्च तहका नेतृत्वहरु सँग रुबीभ्यालीको एकीकृत विकास योजनाको बारेमा पटक पटक अन्तरक्रिया तथा भेटघाट गरिएको ।
११. गाउँपालिकाको विकास तथा हितका लागि संघीय सरकार र प्रदेश सरकार समक्ष निरन्तर चासो र संवाद गरि योजना र बजेट माग गर्ने कार्यमा जुटिरहेका छौं ।
१२. पालिकाले नियमित रुपमा अतिविपन्न असाहय र कडारोग लागेका विरामीहरुलाई औषधी उपचार खर्च स्वरुप रु ७०००।– नगद उपलब्ध गर्दै आएको छ ।
१३. विपतको समयमा तारजाली, टेन्ट, त्रिपाल तथा राहत वितरण गरिएको छ ।
१४. गाउँपालिकालाई भर्खरै मित्रराष्ट चीनबाट सहयोग स्वरुप प्राप्त स्काभेटरलाई कार्यविधि र मापदण्ड बनाई पालिकाको विकास निर्माणमा लगाईने निर्णय गरेको छ ।
१५. गाउँपालिकाले यो अवधिमा ७ वटा कानुन र १० वटा कार्यविधी तयार गरि लागु गरिएको छ ।
१६. बर्षादको समयमा भत्किएका स्थानीय सडक तथा वाटोहरु मर्मत सम्भार गर्ने व्यवस्था मिलाएको छ ।
१७. गाउँपालिकाले यस बर्ष देखि गाउँपालिका प्रहरीको अवधारणालाई मुर्तरुप दिन आवश्यक वजेट व्यवस्थापन गरि ८ जना गाउँपालिका प्रहरीको लागि भर्ना छनौट प्रकृया अगाडी बढाएको छ ।
१८. नागार्जुन सिकाई केन्द्रसंग समन्वय गरि तिप्लिङ हेल्थपोष्ट र रुवी भ्याली ग्रामिण अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसम्पन्न गरेको छ ।
१९. टेलिमेशिन उपचारविधि मार्फत स्वास्थ्य सेवा उपलव्ध गराउन धादिङ जिल्ला अस्पतालसंग सम्झौता सम्पन्न भएको छ ।
२०. भौगोलिक विकटताले गर्दा गाउँपालिका भित्र हाल कायम रहेको मतदान केन्द्रमा गई मतदान गर्न स्थानीय बासिन्दालाई कठिनाई भएकोले जिल्ला निर्वाचन कार्यालयको विशेषपहलमा ५ स्थानमा मतदानकेन्द्र थपगर्न सफल भएको छ ।
२१. प्रत्येक आर्थिक वर्ष बजेट भाषणमा मात्र सिमित रहेको रुवी भ्याली एकिकृत विकास आयोजनाको लागि गाउँपालिकाको विशेष पहलमा उक्ता कार्यक्रम सञ्चालनको लागि यस आर्थिक वर्षमा रु.१० करोड वजेट विनियोजन गर्न सफल भएको छ ।
२२. त्यस्तै यस वर्ष प्रदेश सरकार मार्फत गाउँपालिकाको पहलमा सडक सञ्जाल लगाएत विभिन्न क्षेत्रमा रु ३२ करोड वजेट विनियोजन गर्न सफल भएको छ ।
२३. गाउँपालिका भित्र सञ्चालनमा रहेको ४ वटा माविमा यसवर्ष कराँते प्रशिक्षक नियुक्ति गरि विद्यर्थीहरुमा पढाईको अतिरिक्ता खेलप्रति अभिरुचि वढाईने नीति अनुरुप बजेट व्यवस्था गरि कार्य अगाडी वढाईएको छ ।
२४. त्यस्तै ४ वटा माविमा माई सेकेण्ड टिचर ग्रुपसंग सम्झौता गरि आधुनिक टिचिङ मेथड अर्थात भिज्योल ल्कांस सञ्चालन गर्न सम्वन्धित पक्षसंगको सहकार्य अन्तिम चरणमा पुगेको छ ।
२५. गाउँपालिकाको सामुदायिक विद्यालहरु मध्येवाट एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीहरुलाई निलकण्ठ स्थित प्राविधि शिक्षालयमा निशुल्क अध्यायनको लागि छात्रावृत्ति उपलव्ध गराउने व्यवस्था गरिएको छ ।









