सहिद जिवन र महिमाको आज २० औं स्मृति दिवस (जिवनी समेत)

Avatar photo
नारायण सिलवाल
साउन २०, २०७९

धादिङ । धादिङका धुवाकोटका दुई जना योद्धाहरु्रले बलिदानी गरेको दिन हो आज । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा धादिङका ११३ जना भन्दा बढीले आफ्नो ज्यान देश र जनताको लागि बलिदानी गरेका थिए । ति मध्य धुवाँकोटका हस्त बहादुर गुरुङ (जिवन) र कौशल्या तामाङ (महिमा) ले । १९ वर्ष अघि अर्थात आजैका दिन साउन २० गते बलिदानी दिएका थिए ।

यस्तै सहिद हस्त ब, गुरुङ (जिवन) संगठन कै कामको शिलसिलामा कटुन्जेको भोटेपधेरोमा शाही सेनाको सुराकी सँग भना भन र हात हाला हाल भयो, त्यतिकैमा उहाँलाई गिरफ्तार गरि लगियो र चरम यातना दिइयोे । साङ्कोसको जुम्रेभन्ज्याङ्ग लगेर शाही सेनाले चरम यातना दिएर हत्या गरेका थिए ।

यस्तै किन्ताङ फेदीमा लुकेर बसेको तात्कालिन शाहिसेना सँग महिमाको जम्काभेट भयो । किन्ताङ फेदीपुलमा फुत्कन धेरै कोसिस गर्दा दुश्मनको पन्जाबाट फुत्कन नसकेको र गिरफ्तारीमा परेको प्रत्यक्षदर्शी बताउँछन् । किन्ताङ केहीमाथी जंगलमा लगेर तात्कालिन शाही सेनाहरुले रातभरि पालैपालो सामुहिक बलत्कार गरेर महिमाको हत्या गरेका थिए ।

हस्त बहादुर गुरुङ (क.जिवन) को संक्षिप्त जिवनी
धादिङ नीलकण्ठ नगरपालिका १४ स्थित साविक जिल्ला धुवाकोट गाविस वडा नम्बर ५ खरबारीमा बाबा जित बहादुर गुरुङ आमा बिवी माया गुरुङबाट आठ सन्तान मध्य पाँचौ सन्तानको रुपमा वि.स. २०२४ साल श्रावण १७ गते हस्त बहादुर गुरुङ (जीवन) को जन्म भएकोे थियो । उहाँको दाजुहरु भक्तबहादुर, तेज बहादुर, भाई भिम बहादुर, दिदीहरु चन्द्रमाया बहिनी चोमाया, अनिता हुनुुहुन्छ । उहाँको जिवन संगिनी सम्झना गुरुङर छोरा अर्जुन तामाङ छोरीहरु अन्जु र सुकुमाया छन् ।

मध्यम किसान परिवारमा जन्मनुभएका जिवनले कक्षा ७ सम्मको पढाई सरस्वती माध्यामिक विद्यालय धुवाँकोटबाट गर्नुभयो र १० कक्षा सम्मको अध्ययन नीलकण्ठ माध्यामिक विद्यालयबाट गर्नुभयो । सानैदेखि निकै खस्रा स्वभावका जीवन त्यतिकै मिलनसार पनि हुनुहन्थ्यो । मन नपरेको कुरा ड्याङ्डुङ भने पनि तत्कालै संहालिने जीवन मुर्खहरुलाई ठिक पार्न निकै कुशल हुनुहुन्थ्यो ।
सानै देखि समाज सेवालाई प्रथामिकता दिने जिवन हिमचुली युवा क्लवको संस्थापक सदस्य, धुवाँकोट रेडक्रस सदस्य, साथै धुवाँकोट काउले पात्ले वन उपभोक्ता समितीको संस्थापक सचिव, गाउँको खानेपानी योजनाको पहलकर्ता जस्ता सामाजिक काममा महत्वपूर्ण भुमिका रह्यो । वि.स.२०४५ मा नीलकण्ठ माविमा विद्यार्थी संगठनको कोषाध्यक्ष हुनुभएका जिवनको परिवार पनि राप्रपा त्याग्दै कम्युनिष्ट बनेका थिए । उहाँले वि.स. २०५३ मा पार्टी सदस्यता प्राप्त गर्नुभयो । क. जिवन वि.स. २०५५ साल श्रावण १७ गते देखि भुमिगत जिवन सुरुवात गर्नुभयो । पुर्णकालिन भएको सुरु देखि नै फौजी जिम्मेवारी पाउनु भएका जिवन स्क्वायड कमाण्डर पनि बन्नुभयो ।

वि.स. २०५६ मा एसिएम हुँदै वि.स. २०५७ मा जिवन जिल्ला कमिटी सदस्य बन्न सफल हुनुभउको थियो । जिवनले थुप्रै फौजी कार्बाहीमा सहभागिता जनाउनु भएको माओवादी दस्तावेजमा पढ्न पाईन्छ । गोरखा ताकुकोट, नवलपरासीको चौकी दुम्किबास, नुवाकोटको सामरी, तारुका, धादिङ्गको दार्खा, मैदी, स्याङजाको सदरमुकाम खाल्टे काउलेको एम्बुस थुप्रै कार्बाहीलाई विजयमा पु¥याएका जिवन एक विशिष्ट ब्यक्ति माओवादीले दस्तावेजमा अंकित गरेको छ । वि.स. २०५९ साल श्रावण २० गते पार्टी कामको शिलशिलामा कटुन्जेको भोटेपधेरोमा सेनाको सुराकी सँग भना भन र हात हाला हाल हुँदा त्यतिकैमा उहाँलाई तात्कालिन सेनाले गिरफ्तार गरि चरम यातना दिँदै साङ्कोसको जुम्रेभञ्ज्याङमा लगेर चरम यातना हत्या गरेको थियो ।

सहिद कौशिल्या तामाङ (क.महिमा) को संक्षिप्त जिवनी
धादिङ जिल्ला नीलकण्ठ नगरपालिका १४ साविकको धुवाँकोट गाविस वडा न. १ पात्लेमा पिता धन बहादुर तामाङ र माता नन्द कुमारी तामाङको गर्भबाट वि.स. २०४२ साल असोज १५ गते दोस्रो सन्तानको रुपमा कौशिल्या तामाङ (महिमा) को जन्म भएको हो । उहाँको दाजु सहिद पदम बहादुर तामाङ (चट्याङ), बहिनी सरिता तामाङ, र भाई सुर्य तामाङ, हुनुहुन्छ । वाल्यकाल देखि नै निकै संघर्ष गर्दै गाउँकै गौरी शंकर निम्न माध्यामिक विद्यालयबाट ५ कक्षा पास र १० सम्मको पढाई सरस्वती माध्यामिक विद्यालय धुवाँकोटबाट सक्नु भएको हो ।

विद्यार्थी हुँदा क्रान्तिकारीको स्कुल इकाई कमिटी सदस्य रहनु भएकी महिमा निकै मिहीनेती, कम बोल्ने, साहसी, उत्पिड विरोधि निकै सक्रियता हुनुहुन्थ्यो । विहानीले दिउँसोको संकेत गर्छ भने झै सानै देखि क्रान्तिकारी लक्षण देखाउने महिमा वि.स. २०५८ साल मसिंरमा पुर्णकालिन हुनुभएको थियो । पुर्णकालिन पश्चात धादिङको स्वायडमा सह(कमाण्डर हुनुभयो । साथै लापाली जनसास्कृतीक परिवारको जिल्ला सदस्य भएर जनवादी संस्कृतिको आन्दोलनमा सरिक हुनुभयो । वि.स.२०५८ मा नै पार्टी सदस्य बन्नुभएकी महिमा वि.स. २०५९ सालमा इलाका सदस्य बन्नु भएको थियो ।

तालिममा सहयोद्धा पुरुषहरुलाई हम्मे–हम्मे पार्ने महिमा निकै क्रियाशिल कार्यकर्ता हुनुहुन्थ्यो । धादिङकै लापामा आन्तरिक दुर्घटनामा महिमा र ज्वलन्त दुईजना घाईते ज्वलन्त सहिद हुनुभयो भने महिमा बाँच्न सफल हुनुभयो । सेवोर्टेज, मशाल जुलुश, फायर जुलुसमा सहभागी महिमाको कला क्षमता देखेर जिल्ला पार्टीले कलाकारमा सरुवा ग¥यो । वि.स. २०५९ साल श्रावण २० गते सम्पर्कमा जाँदै गर्दा धादिङ कै किम्ताङ फेदीमा लुकेर बसेको शाहिसेना सँग जम्काभेट भयो सेनाले तत्काल घेराहालेर महिमालाई गिरफ्तार गरि नजिकै जंगलमा लगेर सामुहिक बलत्कार गरि बेहोस बनाई चरम यातना पश्चात गोली हानी हत्या गरेको स्थानीयहरु बताउँछन् ।