
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न ४ मा हाल कै वडा अध्यक्ष प्रशान्त तामाङ (छन्ता लाल) दोहोरिने सम्भावना देखिएको छ ।
प्रशान्त भन्दछन्, मलाई फेरि राप्रपाले टिकट दिन्छ, यो वडामा मैले उल्लेख्य देखिने गरि काम गरेको छु । राप्रपाका जिल्ला नेताहरु पनि राप्रपाले प्रशान्तलाई नै दोहोरिने सम्भावना रहेको बताउँछन् ।
पार्टीले फेरि टिकट उनलाई नै दिनुपर्ने, उनले सुरु गरेका बाकी कामहरु पूरा गर्ने, उनको सपना साकार पान दिनु पर्ने स्थानीय राप्रपा कार्यकर्ताहरुले जिल्ला पार्टीलाई दवाव दिई रहेको समेत बताईएको छ ।




























