माओवादी केन्द्रबाट खनियाबास पालिका प्रमुखमा सेक्केमानको दावी

Avatar photo
उपेन्द्र जम्कट्टेल
बैशाख १, २०७९

धादिङ । सत्ता गठबन्धनको चुनावी तालमेल अनुसार खनियाबास गाउँपालिका ०७४ सालको निर्वाचनमा कांग्रेसले जितेकोले यस पटक पनि कांग्रेसले नै पाउनु पर्ने हो । तर माओवादी केन्द्र खनियाबासले पालिका प्रमुख नछाड्ने निर्णय गर्दै सेक्केमान तामाङको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्र बागमती प्रदेश सह-सचिव दल बहादुर बुर्लाकोटीको प्रमुख आतिथ्यतामा आज बसेको माओवादी केन्द्र खनियाबासको बैठकले राजनीतिक शास्त्रमा मास्टर डिग्री गरेको, २०७४ सालमा पनि नेकपा माओवादी केन्द्र कै तर्फबाट पालिका प्रमुखमा पराजित सेक्केमान खनियाबास पालिका प्रमुखको योग्य उम्मेदवार रहेको निकर्ष सहित सिफारिस गरेको हो ।

गठबन्धनको केन्द्रिय मापदण्डले जस्ले जितेको छ, त्यस्लाई छाड्नै पर्ने वाध्याता गरेको छैन एकल उठ्न पनि पाईने तर अन्य पार्टी सँग गठबन्धन गर्न नपाईने उल्लेख भए अनुसार उक्लै उठे पनि हामी जित्छौं त्यसैले पालिकाले आफ्नो नाम सिफारिस गरेको सेक्केमान तामाङले धादिङपोष्टलाई बताए ।

यद्यपी जिल्ला स्थित सत्ता गठबन्धनको बैठक बैशाख ३ गते बस्ने र जिल्लामा चुनावी तालमेलको विषयमा छलफल हुने बताईएको छ ।