
धादिङ । धादिङको ज्वालामुखी गाउँ पालिका वडा न स् १ र २ स्थित मैदीमा बौलाह कुकुर आतंक बढे सँगै विद्यार्थीहरु लौरो बोकेर स्कुल जाने आउने गर्न थालेका छन् ।
कुकुरले मान्छे र चौपायलाई टोक्दै हिड्न थालेपछि कुकुर बहुलाएको हुन सक्ने अशंकाले विद्यार्थीहरु लौरो बोकेर स्कुल जान थालेका हुन् भने स्थानीयहरु पनि लौरो बेकेर हिडडुल गर्न थालेका छन् ।
ज्वलामुखी गाउँ पालिकाको वडा न २ स्थित कफालपानी, काफलस्वारा, धौर थोक, बिजयटार, लाल्जि, लगायत अन्य धेरै गाउँ टोलहरुमा बौलाह कुकुर देखा परेको बताईएका छ । एक्लै हिड्न समेत डर हुने र बिद्यालय जानका लागि विद्यालय जान आउन निकै असुरक्षित रहेको बौद्ध धर्म आधारभुत विद्यालय व्यावस्थपक समितिका अध्यक्ष ग्याप्चा मान तामाङले धादिङपोष्टलाई बताए । फोटो सौजन्य टंक प्रसाद दुवाडी
