धादिङमा भोलीबाट जिल्ला तथा राष्ट्रिय स्तरको ब्याडमिण्टन प्रतियोगिता हुने

Avatar photo
नारायण सिलवाल
फाल्गुन १४, २०७८

धादिङ । धादिङबेसी सदरमुकाममा धादिङ जिल्ला ब्याडमिण्टन संघले भोली (फगुन १५) देखि जिल्ला स्तरीय र राष्ट्रिय स्तरको ब्याडमिण्टन प्रतियोगिता मेयर कप २०७८ गर्ने भएको छ ।

प्रतियोगिताको लागि सम्पूर्ण तयारीको सकिएको र भोली बिहानबाट जिल्ला स्तरीय प्रतियोगिता सुरु हुने जिल्ला ब्याडमिण्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार भोली देखि खेल सुरुभएपनि प्रतियोगिताको उद्घाटन भने फागुन १६ गते गरिने छ । आज साँझ सम्म टिम दर्ता हुने र जिल्ला बाहिरको ७० टिम र जिल्ला भित्रको गरि १५० भन्दा बढी टिम सहभागि हुने अनुमान गरिएको छ ।

जिल्ला स्तरीय तर्फ, पुरुष एकल, महिला एकल र पुरुष युगलका खेलहरु हुनेछन् भने, राष्ट्रिय स्तरमा अण्डर १७ केटीरकेटी, ४५ प्लस पुरुष युगल, ५५ प्लस पुरुष युगल, खुल्ला पुरुष युगल (र्‍या‌ङ्किङ टप २० ) सम्मलेभाग लिन नपाउने० लगायतका खेलहरु हुने आयोजकले जनाएको छ ।

धादिङ जिल्ला ब्याडमिण्टन संघले जिल्ला स्तर तर्फ प्रथम हुने टिमलाई पुरुष एकल र पुरुष युगल लाई २५–२५ हजार, दितियदाई २०–२० हजार र तृतियलाई १२–१२ हजार प्रदान गरिने जनाएको छ ।

यस्तै जिल्ला स्तर महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतियलाई ७ हजार, जिल्ला स्तर पालिका तर्फ पुरुष युगल बी तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने जनाएको छ ।

त्यसैगरी राष्ट्रिय स्तर तर्फ पुरुष युगल (र्‍या‌ङ्किङ २० बाहेक ) तर्फ प्रथम २५ हजार दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार । राष्ट्रिय स्तर अण्डर १७ केटा एकल तर्फ प्रथमलाई २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने बताईएको छ ।

राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार दिईने जनाएको छ ।