धादिङबेसीमा शिंकिल चर्चले १५ गोल गर्दै उपाधी चुम्यो

धादिङ । धादिङबेसी स्थित फुटसल एकेडेमीमा जारी फुटसन प्रतियोगिताको फाईलन खेलमा १५ गोल गर्दै शिंकिल चर्च प्रथम भएको छ । अन्तर चर्च स्तरीय प्रतियोगिताको फाईनलमा ज्वालामुखी गाउँपालिका ढोला नयाँ बस्तीबाट आएको टारी चर्चको ५ गोल विरुद्ध १५ गोल गर्दै शिंकिल चर्च प्रथम भएको हो ।

जिल्लाका १२ वटा मण्डलीहरु सहभागि भएको उक्त प्रतियोगितामा उपविजेता नयाँ बस्ती टारी मण्डली र तृतिय विजय मण्डली भएको थियो ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्षको हातबाट आयोजकले प्रथम हुने टिमलाई नगद २५ हजार, द्धितिय हुने टिमलाई १५ हजार र तृतिय हुने टिमलाई ५ हजार शिल्ड मेडल र प्रमाण-पत्र प्रदान गरेको थियो ।