सहिद हरि तिमल्सिनाको आज स्मृति दिवस (संक्षिप्त जिवनी)

Avatar photo
नारायण सिलवाल
मंसिर २८, २०७८

धादिङ । सिद्धलेक गाउँपालिका स्थित नलाङ बैरेनीका सहिद हरि प्रसाद तिमल्सिना (जनक) को आज स्मृति दिवस । तात्कालिन माओवादीको जनयुद्धका कुशल नेता हरिलाई आजैका दिन अर्थात ०६० साल मंसिर २८ गते धादिङको ज्यामरुङमा तत्कालिन शाहीसेनाले झुण्ड्याएर गोली हानी हत्या गरेको थियो ।

हरि तिमल्सिनाको बारे संक्षित जानकारी
धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्थित नलाङ बैरेनीका हरि तिमल्सिना पिता खडानन्द तिमल्सिना र माता तारादेवि तिमल्सिनाको कोखबाट वि. स. २००२ साल असार १४ गते बुधबारको दिन कान्छो छोरोको रुपमा जनक जन्मनु भयो । उहाँको दाजु रामनाथ, बहिनी दिल कुमारी साथै श्रीमती विष्णु कुमारी, छोरा दुर्गा प्रसाद, छोरीहरु रोजीना, शान्ता, सुर्यकला, जानुका हुनु हुन्छ ।

उहाँले धादिङ पिंडा ३ रामचेबाट १० पास गर्नु एको हो भने, काठमाण्डौबाट एस.एल्.सि.सम्मको अध्यन पुरा गर्नु भयो । कृषि, राजनिति, शिक्षक पेशालाई सँग सगै अगाडी बढाउनु भयो । चितवनको जुगेडी, जुट्पानी संघर्षमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुृ भयो ।

उहाँले ०२८ सालमा नै कम्युनिष्ट पाटी सदस्यता प्राप्त गर्नु भएको थियो । चौथो महाधिबेशन पछि चौमबाट सर्र्वहारावादी श्रमिक संगठनमा आवद्ध उहाँ २०५२ सालमा एकता केन्द्र मसालबाट माओवादीमा एकीकरण हुनुभयो । उहाँले ०२८ साल पछि चितवन जिल्ला सर्वाहारा श्रमिक संगठनको नेतृत्व गर्दै मोहन मा.बि. मा र पछि धादिङ कुम्पुर भन्ज्याङमा अध्यापन गराउनु भयो ।

जुगेडी संघर्ष पछि जेल पर्नुभयो । माओवादीमा सक्रिय हुनुभए पछि फेरि ०५८ पुष ५ गते धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित धुषाबाट गिरफ्तार पर्नुभयो र ०५९ साल वन्दी प्रत्यक्षीकरणको रिटले रिहा हुनु भयो ।

०५८ मा पुर्णकालिन राजनितिकमा प्रवेश गर्नु भएको हरी किसान संघ क्रान्किारीको जिल्ला उपाध्यक्ष ०५९ हुनु भयो । उहाँ जिल्ला पार्टी सदस्य पनि हुनुहुन्थ्यो । यसरी अविचलित एक कर्मठ नेता संगठनको काममा धादिङको ज्यामरुङको तिमल्सिना गाउँमा पुग्दा तत्कालिन शाहीसेनाले वस्ती घेरा हाल्यो । हरि गिरफ्तार हुनुभयो ।

सेनाले चरम यातना दिदै पार्टीका गोप्य कुरा सोध्न थाल्यो, हरिबाट गोपनियता नखुलेपछि अन्तमा कम्मरमा लगाएको पेटीले झुण्ड्याएर बयोवृद्ध हरिलाई ०६० साल मंसिर २८ गते शाहीसेनाले गोली हानी हत्या गरेको थियो ।