
धादिङ असोज १७ । तात्कालिन माओवादीलदे संचालन गरेको दश वर्षे जनयुद्धको क्रममा सहादत हुने सहिद मध्य एक हुन् नीलकण्ठ नगरपालिका खाल्टेका रामशरण श्रेष्ठ । जनयुद्धमा पूर्णकालिन भएसँगै कमरेड पर्वतको नामले चिनिने रामशरणलाई आजैका दिन अर्थात २०५९ साल असोज १७ गते किन्ताङ फेदीमा तात्कालिन शाहीसेनाको फौजले दर्जनौं गोली हानेर हत्या गरेको थियो ।
रामशरण श्रेष्ठको संक्षिप्त जिवनी
वि.स.२०३६ साल मंसिर २ गतेका दिन धादिङ जिल्ला साविकको खाल्टे ६ मा बुबा नन्दलाल श्रेष्ठ र आमा डिल कुमारी श्रेष्ठ वाट सात सन्तान मध्ये पहिलो सन्तानको रुपमा जन्मेकाका रामशरण श्रेष्ठ पर्वनको भाईहरु श्याम, सागर, कमल, चन्द्र वहिनीहरु विमला, कमला छन् ।
निम्न वर्गिय किसान पविारमा जन्मेका पर्वतले वाल्यकालमा गरिवी संग जुध्नु प¥यो । उौं कक्षा सम्मको पढाई पन्चकन्या मा.वि. खाल्टे पुरा गरेका उनी सानै छदा विद्यार्थी जिवनदेखिनै क्रान्तिकारी सगठनमा स्कुल इकाई कमिटिमा आवद्ध थिए । पर्वत पञ्चकन्याको भर्ना फि घटाउने देखि विद्यार्थीहरुको हक हितका लागी संर्घषको नेतृत्व समेत गरेका पर्वतले गरिखाने वर्ग र वसिखाने वर्ग बीचको द्धन्दमा स्थानिय रुपमा सानै देखि लड्नु थाले । यसै क्रममा नौ कक्षामा पढ्दा पढ्दै वि.स.२०५५ साल चैत्रमा उनी माओवादीले संचालन गरेको जनयुद्धमा पुर्णकालिन भए ।
पूर्णकालिन भए देखि नै फौजि संगठन स्क्वायट, प्लाटुन, कम्पनी फर्मेशनमा आवद्ध हुँदै सम्पुर्ण परिवारलाई जनयुद्ध र माओवादी प्रति आकर्षितमात्रै गराएनन् गाउँका अन्य साथिहरुलाई समेत पूर्णकालिन गराए । २०५५ सालमा पार्टी सदस्यता प्राप्त गरेका पर्वतले २०५६ साल मा स्क्वायर कमाण्डर र २०५८ मा इलाका सदस्य बने । जनमुक्ति सेनाको सेक्सन सहकमाण्डर, प्रांविधिक विभागमा निकै पोख्त पर्वतले निर्माण बिभागमा रहदा ति.फ.दि.(३०३ राईफलको कट्टा) बनाउदा प्रथम भएका थिए । ति कट्टाहरु अझै छन् । उहाँ धादिङ जिल्लाको प्राविधिक विभाग प्रमुख पनि बने ।
प्राविधिक, फौजि विशेष र आधारभुत, लगाएत दर्जनौ तालिम लिएकोले उनलाई माइनको प्रशिक्षकको रुपमा चिनिन्थ्यो । मध्यमाञ्चलको कम्पनिमा गण्डकको फौजि संगठनमा लामो समय बिताएका पर्वत दर्जनौ फौजि कार्वाहीमा सहभागी भए । स्याङजा सदरमुकाम, नुवाकोटको तारुका, धादिङ्गको दार्खा, लगायत थुप्रै सेवोटेजका कार्वाहीमा सहभागी उनी सहभागि भएको नमाओवादी केन्द्र धादिङका नेता रामबहादुर भण्डारी बताउँछन् ।
जनमुक्ति सेनाले उहाँको नेतृत्वमा एम्बुस सफल गर्न धादिङको किम्ताङ फेदीमा पठायो । एम्बुुुस राखी सकेपछि कुरी रहेका उनी दुश्मन आयोकी भनेर हेर्न जाँदा दुश्मन आइसकेकोले उनी तात्कालिन शाहीसेनाको सम्मुख परे । घेरा तोड्दै फुत्कने क्रममा उनी किन्ताङफेदी स्थित वडारमा लुक्न पुगे उनी लुकेको शाही सेनाले देख्यो अनि दर्जनौ गोलि हान्यो, छिया छिया वनेको शरिर लिएर उनी घेरा तोड्ने कोसिस गर्दै थिए तर उनको यो प्रयास असफल भए सँगै उनी वि.स. २०५९ असोज १२ गते बाट सहिदको सूचिमा थपिए ।
