
धादिङ असोज ५ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर१ मा रहेको झार्लाङको गिलिङ-चो नाक पोखरीमा मेला लागेको छ । यस पोखरीमा बर्सेनी लाग्ने झाक्री मेला यस वर्ष पनि असोज पुर्णिामाको दिन झार्लाङमा रहेका लामा गुरु झाक्रीहरुले पुजा पाठ गरि त्यहाँ रहेको देवी देवतालाई खुशी बनाउन झाक्री मन्त्र पाठ गरि मेला लागेको हो ।
देउरालीमा झाक्री लगायत गाउँबासीहरुलाई सधै सुरक्षित होस र भनी रोग बाधा अडचन समस्या नआओस भनी मन्त्र पाठ गरिदेउता खुशी पार्नलाई झाक्रीहरुले प्रत्येक देउरालीमा लोकल कुखुराको अण्डा चढाएर रोग पीडा दुख देउतालाइ चढाई हिजो गिलिङ-चो नाक पोखरीमा मेला मनाएका हुन् । मेलामा हजार भक्तजान लामा गुरु र एक दर्जन भन्दा बढी झाक्रीहरुको उपस्थिति रहेको झार्लाङबाट झार्लाङ संघका अध्यक्ष छोयोङ तामाङले जानकारी दिए ।

पर्यटकको पर्खाईमा यस गिलिङ-चो पोखरी
ऐतिहासिक पर्यटकिय एवम् धार्मिक स्थल (हे च्यात) को संरक्षणका लागि वडाले १० लाख खर्च गरि हाल पर्खाल लगाएको छ । झार्लाङका जेष्ठ नागरिकहरु लामा झाक्रीहरुले भने अनुसार यहि पोखरीमा नागको वासस्थान हो । हरेक भदौ पुर्णिामाको दिन साबिक झार्लाङ गाबिस भरी कै ३० देखि ४० जना समुहको झाक्री नाँँच मेला लाग्ने गर्दथ्यो । एक दिनको कुरो एक जना झाक्री नाचेको त्यही दिन यहि पोखरीको छेउ छेउमा झाँक्री सङ्गै नाच्न जाने क्रममा चिप्लेर पोखरी भित्र परे ।
त्यही डुबेर अत्तोपत्तो भएन छ एक वर्ष पछि त्यो मान्छेको हड्डी लागभग १ हजार मिटर तल पर्ने एउटा पानीको मुहान सिङच्येत नाम गरेको मुहानमा भेटियो । त्यसपछि लामा गुरुले त्यो माथी पोखरी बसेको नाकलाई बगर बाट उठाएर ल्याएको १५ किलो जत्तिको ढुङ्गा मन्त्र गरेर फ्याकिदिए । त्यहाँको नागलाई एक जना स्योङतेन थरका लामा गुरुले मान्छे खदो रहेछ भनी लखेटेछन् त्यसपछि गणेश हिमालको फेद मुनि जुन अहिले कालो दह, सेतो दह भनेर हामी सुन्छौ त्यहाँ गएर बसेको छ बताईन्छ ।
यहाँको नाक भगेर त्यो ठाउँमा अहिले स्योङतेन थर गरेको मान्छे गयो भने त्यही काली दह सेतो दहमा भएको नाकले खाइदिने र खाइदिन्छ भन्ने बिश्वास गरिन्छ । र झार्लाङका स्योङतेनहरु अहिले पनि काली दह सेतो दह क्षेत्रमा जाँदैनन् । यहि (हे च्यात) बनाइएको जुन बिचमा रखिएको देउराली छ त्यहाँ झाक्रीहरुले कुखुराको अन्डामा दशा फलेर रखि नाच्ने चलान छ । कुनाको सात वटा देउरालीमा छेउको पोखरीमा तीन फन्को झाँक्रीहरु नाचेर दिन भरी कुनाको देउरालिमा न्य्हदा स्युप्दाको नाम जप्दै नाँच्ने चलान रहेको छ र यो पोखरीमा असार देखि असोज सम्म न मुहान छ, न धारा छ यत्तिकै पानी निस्केर पोखरी बन्छ बिस्तारै कर्तिक लगेपछि आफै सुक्दै जान्छ ।


