
धादिङ असोज २ । बस दुर्घटनामा परी टिचिङ अस्पतालमा काठमाडौँमा उपचारत धादिङ सेमजोङका बुद्धि बहादुर तामाङ उपचारका लागि ५ लाख ५८ हजार ९०० हस्तान्तरण गरिएको छ ।
भारतमा काम गर्दै आएका नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ सेम्जोङ चौताराका बुद्धि बहादुर तामाङ केहि महिना अघि बस दुर्घटनामा परेका थिए । केहि समय भारतमा उपचार गरि तामाङलाई अहिले काठमाडौ टिचिङ अस्पतालमा राखिएको छ । आर्थिक अवस्था कमजोर उनको उपचारका लागि कुमार गुरुङ र एमबी गुरुङको पहलमा संकलित उक्त पीडित तामाङलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

