
भियाना साउन १७ । गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको २०२१–२३ को लागि शनिबार सम्पन्न निर्वाचनमा धादिङ मैदीकी भवानी तिवारी अध्यक्ष पदमा विजयी भएकी छिन् ।
धादिङ ज्वालामुखी गाउँपालिका मैदी बाल्यकाल पुरा गर्दै अष्ट्रिया रहदै आएकी तिवारीले बाबा राजेश्वरी थापालाई पराजित गर्दै (एनआरएनए) अष्ट्रियाको ०३१–२३ को अभ्यक्षमा विजयी भएकी हुन् ।
आफ्नो जितका लागि तिवारीले भियानाबाट १२३ मत, साल्जकार्यबाट ४३ मत, तिलोरबाट ८ मत, लिन्चबाट १२ मत र ग्राज ४ मत गरी १९० मत ल्याएकी थिईन । उनको प्रतिद्वन्दी राजेश्वरी थापा भने १२५ मत मै सिमित हुन पुगेकी थिईन् ।
सन् २००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि निरन्तर अष्ट्रियाको भियनामा छिन । नेपाली समाजमा भिज्न रुचाउने उनि एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजक, संघको महासचिव हुँदै हाल २०२१–२०२३ का लागि अध्यक्ष निर्वाचित भएकी हुन् ।
उपाध्यक्ष पदमा भने प्यानल बाहिरबाट स्वतन्त्र उम्मेदवार धादिङबेसीका कुमार अधिकारी विजयी बनेका छन् । एकदशक पहिला देखि अष्ट्रियामा रहँदै आएका कुमार अधिकारीले एनआरएनए अष्ट्रियाको उपाध्यक्ष पदमा विजयी विजयी हुनका लागि भियानाबाट १२९ मत, साल्जकारीबाट १८ मत, तिरोलबाट १२ मत, लिन्चबाट ९ मत, र ग्राजबाट २ मत गरी कुल १७० मत ल्याएका थिए ।
