धादिङबेसीका कुमार अधिकारी एनआरएनए अष्ट्रियाको उपाध्यक्षमा विजयी

Avatar photo
गोविन्द बुढाथोकी
साउन १७, २०७८

भियाना साउन १७ । धादिङबेसी बीचबजार निवासी कुमार अधिकारीले गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको चुनावमा आफ्नो लोकप्रियतालाई स्थापित गर्न सफल भएका छन् ।

प्यानल/प्यालन खडा गरि उम्मेदवारी दिएका उम्मेदवारहरुको बीचमा अधिकारी स्वतन्त्र तर्फबाट एनआरएनए अष्ट्रियाको उपाध्यक्ष पदमा विजयी हुनुले पनि उनी अष्ट्रियामा कति लोकप्रिय उम्मेदवर रहेछन् भन्ने पुष्टि गरेको छ ।

कुमार अधिकारीले शनिबार सम्पन्न एनआरएनए अष्ट्रियाको उपाध्यक्ष पदमा आफ्नो जितका लागि सबैभन्दा धेरै मत भियानाबाट १२९ मत, साल्जकारीबाट १८ मत, तिरोलबाट १२ मत, लिन्चबाट ९ मत, र ग्राजबाट २ मत गरी कुल १७० मत ल्याएका थिए ।

एकदशक पहिला देखि अष्ट्रियामा रहँदै आएका कुमार अधिकारीले एनआरएनए अष्ट्रियाको उपाध्यक्ष पदमा विजयी भए सँगै आफ्नो सामाजिक संजालमा एउटा पोष्ट गर्दै मतदाताहरुलाई धन्यावाद दिएका छन् ।

उनी आफ्नो फेसबुकमा लेख्छन्, अष्ट्रीया बासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु तपाईहरुको मायाले गर्दा गैर आवासिय नेपाली संघ (एनआरएनए) २०२१-२०२३ कार्यकालका लागि फेरी पनि उपाध्यक्ष पदमा निर्वाचित भएको सुखद खबर यहाँहरुसँग बाँड्न चाहन्छु ।

तपाइहरुले बिश्वास गरी दिनुभएको अमूल्य मतको संधै कदर अनि सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । अति नै उतारचडाबका बीच सम्पन्न भएको यो निर्वाचनले अन्तत एउटा टिम चयन गर्न सक्षम भएको छ । आउने दिनमा पनि यहाँहरुको साथ अनि हौसलाको अपेक्षा राखेको छु ।

निर्वाचित हुनुहुने सम्पूर्ण उम्मेद्वारहरुलाई बधाई साथै यस निर्वाचनमा निर्बाचित नहुनुभएका उपविजेता साथीहरुलाई पनि निर्वाचन एउटा प्रक्रिया भएको र यसको परिणामले हाम्रो मित्रता अनि सहकार्यमा कुनै प्रभाब नपार्ने र संधै सद्भाव नै रहने आशा गर्दै आफ्नोतर्फबाट बिश्वास दिलाउन चाहन्छु । यस निर्वाचनलाई निष्कर्षमा पुर्याउन सहयोग गर्नुहुने निर्बाचन समिति, आयुक्त sandy Bhandari, अग्रज, अनि मित्रहरुलाई हृदयदेखि धेरै-धेरै धन्यवाद ।