गीता भण्डारी रायमाझी एआरएनए यूकेको कार्यकारी सदस्यमा उम्मेदवार

Avatar photo
गोविन्द बुढाथोकी
साउन ६, २०७८

यूके साउन ६ । धादिङको नीलकण्ठ नगरपालिकाको चेली गीता भण्डारी रायमाझी एआरएनए यूकेको कार्यकारी सदस्य (Executive Member) मा उम्मेदवारी दिएकी छिन् ।

गैरआवासीय नेपाली संघ यूके (NRNA) को २०२१-२३ को नयाँ कार्यसतिको लागि ३१ जुलाईमा सम्पन्न हुन गहि रहेको निर्वाचनको लागि भण्डारीले कार्यकारी सदस्यमा उम्मेदवारी दिएकी हुन् ।

केहि दिन अघि मात्रै नेपाल आएर फर्किएकोले अहिले क्यारेण्टीन छु । भर्चुअल माध्यामबाट भोट मागिरहेको छु । राम्रो समर्थन देखिएकोले आफ्नो जित सुनिश्चित रहेको भण्डारी बताउँछिन् ।

गीता भण्डारी रायमाझी धादिङबेसीमा संचालनमा आएको सुविधा सम्पन्न क्रिक रिसोर्टका संचालनक गोविन्द भण्डारीको दिदी हुन् क्रिक रिसोर्टमा गिता भण्डारीको समेत लगानी छ । उनी यूके बस्दै आएको दुई दशक भन्दा बढी भैसकेको र यूकेमा रहेका नेपालीहरु बीच राम्रो सम्बन्ध विस्तार भैसकेकोले उनले चुनाव जित्ने सम्भावना अत्याधिक रहेको बताईन्छ ।