लोक दाहालको पहलामा धादिङ र चितवनको लागि स्वास्थ्य उपकरण आउँदै

Avatar photo
गोविन्द बुढाथोकी
जेष्ठ २८, २०७८

बेल्जियम जेष्ठ २८ । धादिङ बुढाथुम घरभई बेल्जियम बस्दै आएका लोक प्रसाद दाहालको पहलमा महत्वपूर्ण स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्रीहरु धादिङ र चितवन आउने भएको छ ।

नेपालका विभिन्न गाउँ त्यसमा पनि धादिङ र चितवनको लागि स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आउनु भएका गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) सह-कोषाध्यक्ष समेत रहनु भएका दाहालको पहलमा यो पछिल्लो पटक धादिङ र चितवनको लागि महत्वपूर्ण स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्रीहरु Antwerpen university hospital (UZA) Edegem बाट १४ वटा Oxygen concentrator र अत्यावस्यक सामानहरू आउन लागेको हो ।

यस अभियानका टिम लिडर मच Luc Beaucourt नेपाली दुतावास बेनालुक्सका राजदुत गहेन्द्र राज भन्डारी, उपनियोग प्रमुख सुधिर भट्टराई, अध्यक्ष चित्र सुबेदी र पत्रकार डिल्ली अमगाईलाई दाहालले विशेष धन्यावाद समेत दिनु भएको छ ।

नेपालमा कोरोना संक्रमणको दोस्रो भेरियन्टका क्रममा मात्र ३ लाख भन्दा बढी सहयोग गर्नु भएको दाहालले अन्तराष्ट्रिय धादिङ समाजलाई ५० हजार नगद सहयोग गर्नु भएको थियो ।