बेनीघाट रोराङमा आधारभुत खेलकुद प्रशिक्षण सम्पन्न

Avatar photo
दिपेश कडेल
चैत्र ७, २०७७

धादिङ चैत्र ७ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले खेलकुद शिक्षकहरु र वडास्तरीय खेलकुद विकास समितिका संयोजकहरुलाई तीनदिने आधारभुत खेलकुद प्रशिक्षण दिएको छ ।

चैत्र ५ गते देखि सुरुभएको तीन सम्म चलेको उक्त तालिममा राष्ट्रिय खेलकुद परिषदका खेल प्रशिक्षक जगत टमाटा, लक्ष्मण मल्ल, देबराज घलान, दिपेश कडेल, सन्दिप थापा, सुमन रावलले सहजिकरण गर्नु भएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बोधराज पाठकले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

तालिम समापन गर्दै गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले क्रिकेट प्मुख प्रशिक्षक जगत टमाटाले समेत बेनीघाट रोराङमा आएर खेलकुद प्रशिक्षण् दिनु भएको मा आभार व्यक्त गर्नु भएको थियो ।

बेनीघाट रोराङले खेलकुदका पुर्वधार विकास सँगै खेल प्रशिक्षक र खेलाडी प्रत्सोहानका कार्यक्रमहरुलाई प्रथामिकतामा राखेको र यो तालिमले खेलकुद विकासमा ठुलो योगदान पुग्ने आशा गरेको समेत प्रमुख अतिथि डल्लाकोटीले बताउनु भएको थियो ।

तालिमलाई क्रिकेट विधामा जगत टमाटा, फुटबल विधामा सुमन रावल, ड्ड खेलकुदको महत्व तथा शारीरिक व्यायम विधामा लक्ष्मण मल्ल, भलिबल विधामा सन्दिप थापामगर, एथ्लेटिक्स र टाईशिट वा फिक्सर तर्फ देवराज घलानले सहजिकरण गरेका थिए ।