चैत्र ५ गते क्रिकेट प्रशिक्षक जगत टमाटा धादिङ आउने

Avatar photo
दिपेश कडेल
चैत्र २, २०७७

धादिङ चैत्र २ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा चैत्र ५ गते धादिङ आउने भएका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाले चैत्र ५,६ र ७ गते आयोजना गरेको आधारभुत खेलकुद प्रशिक्षण कार्यक्रममा प्रशिक्षक टमाटा आउने भएका हुन् । गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकका अनुसार उक्त कार्यक्रमलाई क्रिकेटको जगत टमाटा, भलिबलको सन्दिप थापामगर र म्याराथान सम्बन्धी लक्ष्मण मल्लले सहजिकण गर्ने छन् ।