
धादिङ फागुन १५ । धादिङले शुक्रबार मात्रै बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगिता जितको छ । खेलाडीहरु पुरस्कार बोकेर शनिबार मात्रै धादिङ फर्किएका छन् खेलाडी सम्मानका कार्यक्रमहरु चलिरहेका छन् । यहि उत्सवको बीचमा जिल्ला समन्वय समिति धादिङले फागुन २१ गते देखि अन्तर पलिका स्तरीय खुल्ला फुटबल प्रतियोगिको आयोजना गर्ने भएको छ ।
धादिङका १३ वटै स्थानीय तहलाई पत्रचार गर्दै समन्वय समितिले नीलकण्ठ नगरपालिका १ स्थित पात्लेमा फागुन २१ देखि २४ गते सम्म हुने नकआउट फुटबल प्रतियोगितामा भाग लिन खेलाडी छनौंट गरी १ टिम पठाउन आग्रह गरेको छ ।
प्रथम पुरस्कार राशी १ लाख रहेको यस प्रतियोगिताको खेल संचालनको जिम्मा स्थानीय बुद्धभुमी यसवा समाज सँग संझौता भएको जिल्ला समन्वय समिति धादिङले जनाएको छ । फाईल तस्वीर
