
धादिङ फागुन ७ । धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा गल्छी गाउँपालिका स्थित बैरैनी क्रिकेट टिम र त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरासुन्दरी क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् ।
धुनीबेसी क्रिकेट टिम र बैरैनी क्रिकेट टिम बीच भएको उद्घाटन खेलमा बैरेनीले दिएको १२८ रनको टारगेट धुनीबेसी टिमले ११ रन हारेको थियो । यस खेलमा बैरेनीका विश्वास पौडेल प्लेयर आफ द म्याच घोषित भएका थिए ।

यस्तै दोस्रो खेल त्रिपुरासुन्दरी क्रिकेट टिम र साँङ्कोष क्रिकेट क्लव बीच भएको थियो । यो खेलमा साँङ्कोषले दिएको ८८ रनको टारगेट त्रिपुरासुन्दरीले १० ओभर मै पुरा गर्दै विजयी भएको थियो । यस खेलमा त्रिपुरासुन्दरीका श्रीकृष्ण मिश्र प्लेयर आफ द म्याच घोषित भएका थिए ।
बेनीघाट रोराङ गाउँपालिकाका उप प्रमुख देवीप्रसाद सिलवालले गर्नु भएको बलिङ र गाउँपालिका प्रमुख पित्त बहादुर डल्लाकोटीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
धुनीबेसी र बैरेनी बीचको खेलको नतिजा


त्रिपुरासुन्दरी र साँङ्कोष बीचको खेलको नतिजा


मिति २०७७ फाल्गुन ९ गते
• पहिलो खेल: Top Ranking 4 र 5 बिच Play Off ७ः०० बजे देखि १०ः०० बजे सम्म
• दोश्रो खेल: पहिलो सेमिफाइनल १०:३० बजे देखि १:३० बजे सम्म ।
• तेश्रो खेलः दोश्रो सेमिफाइनल २ः०० बजे देखि ५ः०० बजे सम्म
मिति ०७७ फाल्गुन १० गते
• फाइनल खेलः मध्यान्ह १२ः०० बजे
• समापन तथा पुरस्कार वितरण: दिउँसो ३ः०० बजे
यस्तो छ पुरस्कार राशी
प्रथम पुरस्कार: रु.२५,०००
दितिय पुरस्कार: रु.१५,०००, शिल्ड, मेडल, प्रमाण पत्र
तृतिय पुरस्कार: मेडल, प्रमाण पत्र
उत्कृष्ट बलर: रु.५,०००, प्रशंसा पत्र
उत्कृष्ट ब्यट्स मेन: रु.५,००० प्रशंसा पत्र
खेल अवधिभरकाेे उत्कृृृृष्ठ खेलाडी: रु.५,०००, प्रशंसा पत्र
