आज उद्घाटन हुँदै, धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता

Avatar photo
दिपेश कडेल
फाल्गुन ७, २०७७

धादिङ फागुन ७ । धादिङ जिल्लाका विभिन्न १० क्रिकेट टिमले खेल्ले जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आज बेनीघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माविको खेल मैदान विशालटारमा बिहान ९ बजे उद्घाटन हुँदैछ ।

बेनीघाट रोराङ र गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको यस प्रतियोगिता बेनीघाट रोराङका प्रमुख पित्तबहादुर डल्लकोटीले उद्घाटन गर्नुहुने छ ।

उद्घाटन खेल बैरेनि क्रिकेट टिम गल्छी VS नौविसे क्रिकेट टिम धुनीबेसी बीच हुने छ भने आजै साङकोष क्रिकेट क्लव नीलकण्ठ VS त्रिपुरासुन्दरी क्रिकेट टिम, त्रिपुरासुन्दरी बीच पनि खेल हुने छ ।

यस्तो छ खेल तालिका
मिति २०७७ फाल्गुन ८ गते:
पहिलो खेल: विशाल ज्योती क्लव बेनीघाट रोराङ VS गणेश हिमाल क्रिकेट टिम नीलकण्ठ, ७ः०० बजे देखि १०ः०० बजे सम्म ।
दोश्रो खेल: गजुरी क्रिकेट टिम गजुरी VS नीलकण्ठ क्रिकेट टिम नीलकण्ठ १०:३० बजे देखि १:३० बजे सम्म
तेश्रो खेल: मलेखु क्रिकेट क्लव बेनीघाट रोराङ VS कारु मेमोरियल ट्रष्ट बेनीघाट रोराङ २ः०० बजे देखि ५ः०० बजे सम्म ।

मिति २०७७ फाल्गुन ९ गते
पहिलो खेल: Top Ranking 4 र 5 बिच Play Off ७ः०० बजे देखि १०ः०० बजे सम्म
दोश्रो खेल: पहिलो सेमिफाइनल १०:३० बजे देखि १:३० बजे सम्म ।
तेश्रो खेलः दोश्रो सेमिफाइनल २ः०० बजे देखि ५ः०० बजे सम्म

मिति ०७७ फाल्गुन १० गते
फाइनल खेलः मध्यान्ह १२ः०० बजे
समापन तथा पुरस्कार वितरण: दिउँसो ३ः०० बजे

यस्तो छ पुरस्कार राशी
प्रथम पुरस्कार: रु.२५,०००
दितिय पुरस्कार: रु.१५,०००, शिल्ड, मेडल, प्रमाण पत्र
तृतिय पुरस्कार: मेडल, प्रमाण पत्र
उत्कृष्ट बलर: रु.५,०००, प्रशंसा पत्र
उत्कृष्ट ब्यट्स मेन: रु.५,००० प्रशंसा पत्र
खेल अवधिभरकाेे उत्कृृृृष्ठ खेलाडी: रु.५,०००, प्रशंसा पत्र