धुषामा ५९ जनाले गरे रक्तदान

Avatar photo
दिपेश कडेल
माघ २४, २०७७

धादिङ माघ २४ । धादिङको बेनीघाट रोराङ स्थित धुषामा ५९ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी धुषा उपशाखाको २० औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा १२ जना महिला र ४७ जना पुरुष गरि ५९ जना रक्तदान गरेका हुन् ।

कार्यक्रम बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ मा रहेको बुद्धि विकास आधारभुत विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।