
धादिङ मंसिर १५ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ स्थित बेनीघाटमा १० शैयाको अस्पताल भवन शिलन्यास गरिएको छ ।
१० करोड ८३ लाख २६ हजारको कूल लागतमा निर्माण हुने उक्त १० शैयाको अस्पताल भवनको गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको हो ।
शिलान्यास कार्यक्रममा पालिका प्रमुख डल्लाकोटीले समय सिमा भित्रै भवन निमार्णको काम सक्न र भवन निमार्ण प्रक्रिया सकिना साथ सेवा प्रवाह सुरुहुने बताउनु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, वडा अध्यक्ष रोशन लिवाल, गाउँपालिकाका स्वास्थ्य संयोजक जनप्रतिनीधिहरु, कर्मचाीहरु, बेनीघाटका स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
आज शिलान्यास भएका धादिङका ५ वटा अस्पतालहरु
- गल्छी गाउँपालिकाको बैरेनी स्वास्थ्य चौकीमा १५ शैया
- ज्वालामुखी गाउँपालिकाको मैदि स्वास्थ्य चौकीमा १५ शैया
- त्रीपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार प्राथमिक स्वास्थ्य चौकीमा १५ शैया
- बेनीघाट रोराङ गाउँपालिकाको बेनीघा स्वास्थ्य चौकीमा १० शैया
- गंगाजमुना गाउँपालिकाको फुलखर्क स्वास्थ्य चौकीमा ५ शैया
