
धादिङ कार्तिक २८ । धादिङ जिल्लामा पहिलो पटक जिल्ला स्तरीय ‘प्रथम मेयर कप’ खुल्ला व्याडमिन्टन प्रतियोगिता पौष ९ गते देखि धादिङबेसीमा हुने भएको छ ।
धादिङ जिल्ला व्याडमिन्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठका अनुसार यो जिल्ला स्तरीय ‘प्रथम मेयर कप’ प्रतियोगिता हो धादिङ जिल्ला भित्र छरिएर रहेका खेलाडीहरुले यस प्रतियोगितामा भाग लिन सक्ने छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार पुरुष एकल तर्फ ३० हजार, पुरुष युगल ३५ हजार, महिला एकल १२ हजार, महिला युगल १५ हजार भेट्रान्स ४५ प्लस पुरुष युगल ३० हजार, नगरपालिका अन्तरगत पुरुष युगल बी २० हजार र अफिसर्स टिम पुरुष युगल १५ हजार रहेको छ ।
