आज योगेश गुरुङको स्मृति दिवस

Avatar photo
शुसिला रिजाल
कार्तिक २८, २०७७

राजनितीमा खासै चासो नराख्ने योगेश खेल प्रेमी थिए । ज्वरो आएर सुती रहेको अवस्थामा गिरफ्तार गरी आजैका दिन सेनाले चरम यातना दिएर हत्या गरेको थियो ।

स्मरणमा योगेश
जनयुद्धका सहिद मध्य योगेश गुरुङ एक हुनुहुन्छ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका स्थित साविकको खाल्टे गा.वि.स. वडा न. ८ धुसेनीमा पिता भिम ब. गुरुङ माता डिलमाया गुरुङको कोखबाट वि.स. २०४४ साल भाद्र २२ गतेका जन्मनु भएका योगेश ३ सन्तान मध्य कान्छा सुपुत्रको हुनुहुन्थ्यो ।

निकै मिहनती योगेशले निम्न वर्ग किसान परिवारमा जन्मेकाले वाल्यकालमा पनि त्यति सुखका दिन विताउन पाउनु भएन । जेनतेन बाबा आमाले हातमुख जोर्ने उपाय लगाउन सक्नुहुन्थ्योे । सानै देखि निकै जोसिलो, फुर्तिलो अध्ययन तर्फ निकै रुची राख्ने योगेशले कक्षा ८ सम्मको पढाई प्रकाश मा.वि. खाल्टेबाट गर्नुभयो । त्यसपछि महेन्द्र मा.बि. नीलकण्ठमा ९ कक्षामा भर्ना हुनु भएका योगेश त्यहि रिजाल गाउँमा कोठा लिगेर पढ्न थाल्नु भयो ।

योगेश पढाईमा निकै राम्रो विद्यार्थीमा गनिने सामान्य किसान परिवारमा जन्मेका र बाबा आमा पनि मजदुरी गर्ने भएकाले राजनिती प्रति त्यति चाख थिएन । भाई साथी बीच पनि अति मिलनसार योगेश खेलकुदमा पनि निकै चासो राख्नु हुन्थ्यो ।

नीलकण्ठ रिजाल गाउँको आफ्नै कोठामा ज्वरो आएको कारण स्कुल जान नसकेर घरमै सुतिरहेको योगेशलाई अचानक धादिङबाट सर्चमा गएको सेना फर्कने क्रममा जनमुक्ति सेनाको एम्बुस विष्फोटमा पर्यो ।

त्यसपछि तात्कालिन शाही सेनाले रिजाल गाउँमा सर्च गर्यो विरामी योगेश सुतिरहेको भेट्टायो । यहि हो माओवादी एम्बुस पड्काउने अहिले बाँच्नको लागी अनेक बाहना गर्छ । भन्दै चरम यातना दियो । उहाँले हैन मत विद्यार्थी हुँ ज्वरो आएर स्कुल जान नसकि सुतिरहेको हो मलाई त केही थाहा छैन भननु भयो ।

तर तात्कालिन सेना त्यसमा पनि सर्चमा निस्केको बेला योगेशको कुरा सुन्दै सुनेन । झन् बढी यातना दिएर वि.स. २०६० साल कार्तिक २८ गतेका दिन योगेशको वर्वरताका पूर्ण ढंगले हत्या गरे ।

इतिहास कहिल्यै झुटो हुँदैन र मेटिँदैन पनि यस्तो कायरता पुर्वक तवरले योगेशको हत्या हुँदा विद्यालय प्रशासनले एक शब्द पनि बोल्न सकेन प्राध्यापकले बरु शाही जल्लादहरु समक्ष यो मेरो विद्यार्थी हैन भनेर हस्ताक्षर गरेका थिए ।

तात्कालिन माओवादी भन्दै सेनाले हत्या गरेकोहुँदा उनलाई माओवादीहरुले आफ्नो सहिदको सूचीमा राख्दै आएका छन् ।

–शुसिला रिजाल