नेपाल र बंगलादेश बीचको फुटबल खेल आज साँझ

Avatar photo
दिपेश कडेल
कार्तिक २८, २०७७

काठमाडौं कार्तिक २८ । कोरोना भाईरसको महामारी पछि नेपालले आज पहिलो पटक अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेल्दैछ । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको पहिलो खेल खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ भने दास्रो खेल मंसिर २ गते ढाकास्थित बंगबन्धु रंगशालामा नै हुने छ ।

फुटबलमा नेपाल र बंगलादेश बीचको विगत
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन । २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।

बंगलादेश नेपालका लागि चिरपरिचित प्रतिद्वन्दी हो । तर, बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहिन भएको छ ।

सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यसपछि नेपालले बंगलादेशसँग साउथ एसियन फुटबल फेडेरेसन (साग) च्याम्पियनसिप र साउथ एसियन गेम्स (साग) ७-७ पटक भिडेका छन् ।

यस्तै दुई मैत्रीपूर्ण खेल खेल्दा एसियन गेम र एएफसी एसियन कपमा एक एक पटक प्रतिस्पर्धा गरेका छन् । बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले बाजी मार्दै आएको छ ।