
धादिङ असोज २३ । धादिङमा कोरोना भाईरस संक्रमणका कारण मृत्युहुनेको संख्या ४ जना पुगेको छ ।
बेनीघाट रोराङ चरौंदीका ५१ वर्षिय एक पुरुषको शुक्रबार बिहान आफ्नै निवासमा मृत्यु भएको हो । यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको हो । ति पुरुषको असोज २० गते स्वाव परिक्षण कोरोना पोजेटिभ देखिएको रिपोर्ट शुक्रबार आएको हो ।
हाल बेनघिाट रोराङमा पछिल्लो २४ घण्टामा मात्रै ७ महिला र २० पुरुष गरि २७ जनामा कोरोना संक्रमण देखिएको बेनीघाट रोराङले जनाएको छ ।
यस अघि त्रिपुरासुन्दरी गाउँपालिका स्थित एक ३२ वर्षिय महिलाको असोज ६ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । ति महिला निमुनियाको रोगी थिईन् । यस्तै नीलकण्ठ नगरपालिका १४ धुवाँकोट ३२ वर्षिय एक पुरुषको उपचारको क्रममा मृत्यु भएपछि गरिएको स्वाव परिक्षणबाट कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का ४५ वर्षिएक एक पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको थियो ।

