
धादिङ भाद्र २१ । नेपाली क्रिकेट इतिहासको सम्झना गर्ने हो भने आज ऐतिहासिक दिन हो ।
नेपालले आजैका दिन अर्थात १९९६ सेप्टेम्बर ६ मा आधिकारिका अन्तराष्ट्रिय खेलको थियो । मलेसियामा आयोजित उक्त पहिलो अन्तराष्ट्रिय खेल एसीसी ट्रफी प्रतियोगिता नेपालले बंगलादेश बिरुद्ध खेलेको थियो।
त्यो बंगलादेशसँग रोयल मिलिटरी कलेज मैदानमा थियो। पहिलो खेलमा हारबाट सुरुवात तथा प्रतियोगिताको समूह चरणबाट बाहिरिएता पनि प्रतियोगितामा नेपालको सहभागिता आफैमा ऐतिहासिक थियो ।
नेपाल सहित कूल १२ टिम सहभागी एसीसी ट्रफी १९९६ मा नेपाल रहेको समुह ‘ए’ मा बंगलादेश, ब्रुनाई, फिजी, हंगकंग र जापान रहेका थिए ।
उक्त नेपालको आधिकारी पहिलो अन्तराष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका राष्ट्रिय खेलाडीहरुमा उत्तमकुमार कर्माचार्य कप्तान (घनुषा) , लेख बहादुर क्षेत्री उपकप्तान (बाके), मनिशराज पान्डे (मोरङ), पवन अग्रवाल (बारा), पुकार पन्त (ललितपुर ), सन्जय गुरुङ (रुपन्देही), जगत टमाटा (रुपन्देही), राजु खडका (रुपन्देही), मुसरफ इजहर (पर्सा), गणेश साही (बाके) , किरण राणा (काठमाण्डौ) , बसन्त साही (रुपन्देही), विशाल गुप्ता (बारा) र रितेश बराल (धनुषा ) र बैकल्पिकमा तर्फ शंकर राना , सन्दिप श्रेष्ठ , सर्वजित पान्डे र राकेश पन्त रहेका थिए भने प्रशिक्षकमा सुनोज भट्टराई रहनु भएको थियो ।
