धादिङको हिन्दुङ रेडजोनमा थियो, अहिले पहिरोको उच्च जोखिम

Avatar photo
नारायण सिलवाल
साउन ३२, २०७७

धादिङ साउन ३२ । धादिङ रुबीभ्याली गाउँपालिका ४ स्थित हिन्दुङ गाउँलाई ०७२ सालको भुकम्प पछि सरकारले “रेडजोन” मा राख्दै बस्ती तत्काल अन्यत्र सार्ने निर्णय गरेको थियो ।

स्थानीय हिन्दुङबासीहरुले त्यतिबेलै स्थान्तरणका लागि २ लाख र आवास निमार्णको लागि ३ लाख गरी ५ लाख प्रति परिवार पनि बुझे तर धेरैले हिन्दुङ छाडेनन् । अहिले तलबाट पहिरो जान थालेपछि हिन्दुङ बस्ती नै बग्ने खतरा बढेर गएकोले पहिरोको उच्च जोखिममा परहेको उप-प्रमुख विना लामाले धादिङपोष्टलाई बताउनु भयो ।

हामीले आज प्रहरीलाई हिन्दुङ पठाएका छौं, सत्य तथ्य जानकारी आज बेलुका सम्म आईपुग्छ अनि के गर्ने छालफल गर्छौ, उप-प्रमुख लामाले बताउनु भयो ।

यता प्रदेश सांसद जगत सिंखडाले हिन्दुङमा अहिले ९० घर पहिरोको उच्च जोखिममा रहेको जानकारी आएकोले तत्काल उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरणका लागि रेडक्रसको सहयोगमा त्रिपाल लगायतका सामाग्रीहरु पठाउने तयारी भएको धादिङपोष्टलाई बताउनु भयो ।

हामीलाई नेकपा रुबीभ्याली ४ का सचिव दिनेश तामाङले दिनु भएको जानकारी अनुसार हिन्दुङमा २०० घर परिवार जोखिममा भएको तीन दिन भै सक्यो । न उदर टोली न जनप्रतिनीधिहरुले तत्काल कुनै निर्णय गर्न सकेका छन् ।

यस बस्तीमा प्राकृतिक विपत्तिले जोखिमको घण्टी ०७२ सालमै बजाएको सबैलाई थाहा छ । खेती किसानी र जग्गा जमिनको लोभले स्थानीयहरुले हिन्दुङ छाड्न सकेका छैनन् । पहिरोको उच्च जोखिम भएको ३ दिन बिति सक्दा पनि अहिले उक्त बस्तीमा राज्यको उपस्थिति देखिएको छैन ।

यस्तै रुबिभ्यालि गाउँपालिकाको सेर्तुङ गाउँ पनि पहिरोको जोखिममा परेको छ । ६ सय घरधुरि रहेको सेर्तुङ गाउँमापहिरोको जोखिममा परेको स्थानीय मक्तबहादुर तामाङ बताउँछन् ।

त्यसैगरी लापाको नजिकै रहेको कपुरगाउँमा पनि माथि बाट पहिरो झर्ने क्रम नरोकिएको र पहिरोको जोखिममा रहेको स्थानीयले बताएका छन् ।

रुबीभ्याली गाउँपालिकाका सम्पूर्ण खवरहरु तलबमे लिङ्कमा