
धादिङ साउन २२ । जेसिका विल्डर्स ठेकेदार कम्पनीले ठेक्का पारेको धादिङ धुनीबेसी नगरपालिका स्थित भुवनेश्वरी खेल मैदानको शिलान्यास गरिएको छ ।
१ करोड २२ लाख ९५ हजार ८ सय २९ रुपैँयामा बन्न लागेको उक्त फुटबल मैदान बिहिबार शिलान्यास गर्दै नगर प्रमुख बालकृष्ण आचार्यले मैदान राष्ट्रिय स्तरको हुने बताउनु भएको छ ।
करिब २० हजार दर्शक क्षेमताको प्याराफिट सहित निर्माण हुन लागेको उक्त खेल मैदान आगामी पौष २७ गते भित्रमा डिपीआर अनुरुपको काम सकिने ठेकेदार कम्पनीले जनाएको छ ।
