
धादिङ असार २८ । नेपाल कै दोस्रो ठुलो टारका रुपमा चिनिने धादिङको सल्यानटारमा रंगशाला बनाउने मन्त्रिपरिषदको निर्णय अनुसार टेन्डर कार्य सकेर सुरु भएको रंगशाला निमार्ण कार्य अख्तियारमा उजुरी परेपछि निमार्ण कार्य रोकेको छ ।
गत माघ २ गते बसेको मन्त्रिपरिषदको बैठकले सल्यानटारमा सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरे सँगै त्रिपुरासुन्दरी गाउँपालिकाले वडा नं. २ को असिन फाँटको जग्गा छनौट गरेको थियो ।
केहि जग्गा सार्वजनिक र अन्य जग्गा सरकारले तोकेको मुअब्जा दिने गरि टेन्डर भए सँगै निमार्ण ठेकेदार कम्पनी अमृत हरितारा जेभी कन्ट्रक्सनले चैत्र पहिलो हप्तामै काम सुरुगरेको थियो । अख्तियारले उक्त उजुरी माथि छानविन नहुँदा सम्म निमार्ण कार्य रोक्नु भनेर सार्वजनिक निमार्ण कार्यान्वयन इकाईलाई पत्र लेखे सँगै काम रोकिएको हो ।
मुअब्जा दिनु पर्ने २९ रोपनी र २० रोपनी सार्वजनिक गरि ५० रोपानी क्षेत्रफलमा प्याराफिट सहितको रंगशाला सल्यानटारमा निमार्ण सुरु भए सँगै जिल्लाभर हर्षको संचार भएको थियो । तर जव एक स्थानीयले सामुदायीक वनको काठ फडानी भएको भन्दै अख्तियारमा उजुरी गरे तव काम रोकिन पुग्यो
०७६/७७ को लागि साढें २ करोड बजेट विनियोजन गरिएको बजेट स्थानीय केहि जग्गा धनीका कारण फिर्ता हुने सम्भावना बढेको सार्वजनिक निमार्ण कार्यान्वयन इकाई गजुरीका प्रमुख सुकदेव सापकोटाले धादिङपोष्टलाई बताए ।
सापकोटाका अनुसार, धेरै जग्गादाताहरुले मुआब्जा बुझि सकेका छन् । अख्तियारले पनि फाइल अन्तिम चणरमा पुर्याएको भन्ने छ । अख्यिारले रोकेन र मन्त्रिपरिषदले फेरि उक्त बजेटलाई निरन्तरता दिने निर्णय गर्यो भने पहिलेकै टेन्डरमा काम हुन्छ नत्र यो बजेट फिर्ता जानेछ ।
गाउँपालिकाका अध्यक्ष शम्भु थापाले गाउँपालिकाले रंगशाला बनाउन जग्गा दिने सर्त हो, त्यो अनुरुप २९ रोपनी ९ आना १ पैसा १२ दामको जग्गाको मुअब्जा तोकिएर अधिकाँश जग्गा जग्गादाताले गाउँपालिकालाई जग्गा पास गरि दिईसकेको र केहिको बुढीगण्डकी दुवानले लालपुर्जा रोक्का गरिएको केहि जिल्ला बाहिर रहेकोले पास हुन बाँकी रहेकोले जग्गामा विवाद नहुने बताए ।
वनको काठ फडानी भयो भनेर अख्तियारमा मुद्धा हालिए पनि सारमा गाउँपालिकाले जग्गा धनी सँग सल्लाह नगरि मुअब्जाको निर्णय गरेकोले विवाद भएको एक जग्गा दाता बताउँछन् ।
बुढी गण्डकी जलविद्युत परियोजना पछि बन्ने शहरको परिकल्पना गरिएको सल्यानटार नेपाल कै दाश्रो ठुलो टारका रुपमा चिनिन्छ । बुढि गण्डकी जलविद्युत आयोजनाको मुअब्जा वितरण सँगै किनबेचमा ह्वात्तै बढेको जग्गा भाउले खेलमैदान बन्न नसकि रहेको अवस्थामा असिन फाँटमा बन्न लागेको रंगशालाको काम रोकिँदा खेलाडीहरु चिन्तित बनेका छन् ।
सल्यानटारमा रंगशाला बनाउने मन्त्रिपरिषदको निर्णय
काम रोकिए पछिको रंगशाला निमार्ण स्थलको तस्वीरहरु




