धादिङबेसीमा खाद्यान्न पसल बन्द, वडाले गर्यो विवादित निर्णय

Avatar photo
नारायण सिलवाल
जेष्ठ ३, २०७७

धादिङबेसी जेष्ठ ३ । धादिङबेसी सदरमुकाममा कोरोना भाईरस संक्रमणको जोखिम रोक्न भन्दै नीलकण्ठ नगरपालिका वडा नं. ३ ले औषधी पसल बाहेका अत्यावश्यक सेवा भित्र पर्ने सबै सेवाहरु बन्द गरेको छ ।

उद्योग वाणिज्य संघको संयोजनमा व्यवसायीहरुको वैठकलले यस अघि लकडाउनको समयमा पटक पटक विवादित निर्णयहरु गर्दै आए थिए, भने शुक्रबार नीलकण्ठ ३ ले नै उद्योग वाणिज्य संघ, व्यवसायीहरु र टोल सुधार समितिहरुलाई बोलाएर अत्यावश्यक सेवाहरु समेत बन्द गर्ने निर्णय गरेको हो ।

धादिङमा ३ महिनालाई पुग्ने खाद्यान्न सामाग्री छन्, कोही भोकै मर्ने अवस्था आयो, भने प्रहरीको रहोवरमा खाद्यान्न पसल खोल्न लगाई खाद्यान्न उपलब्ध गराईने गरी हाललाई बन्द गरिएको वडा अध्यक्ष होमनाथ रिजालले बताए ।

लामो समयको लकडाउनका कारण सर्वसाधरणहरु मर्कामा परिरहेका छन्, विहान किनेर बेलुका खानेहरु खाद्यान्न पसलहरु बन्द भए सँगै थप मर्कामा परेका छन् ।

खाद्यान्न पसल खोल्दा केहि ठुला व्यवसायीहरु मात्र मालामाल भए, साना व्यवसायीहरु मारमा परे कोरोनाको जोखिम पनि बढ्यो, त्यसैले सबैै बन्द गर्नु नै विकल्प देखियो यसलाई संघीय सरकारको नीति सँग बाझिएको रुपमा नबुझ्न वडा अध्यक्ष रिजालले आग्रह गरे ।

रिजाका अनुसार, अब जेष्ठ १० गते सम्म धादिङबेसीमा सुरक्षा निकायको सवारी साधन, एम्बुलेन्स, शव वहान र पत्रकारका सवारी साधन भन्दा बाहेका कुनै पनि सवारी साधन चल्न दिईने छैन ।

सदरमुकाम धादिङबेसीका खाद्यान्न पसल बन्द हुँदा उत्तरी धादिङलाई समेत सकस पैदा भएको छ । रुबीभ्याली, खनियाँबास, नेत्रावती डब्जोङ, त्रिपुरासुन्दरी, गंगाजमुना लगायतका गाउँपालिकामा समेत खाद्यान्न सदरमुकामबाटै जाने गरेको थियो ।

सामाजिक दुरी र सुरक्षाका अधिकतव उपाय, अवलम्बन गर्न आग्रह गर्न छाडेर पसल नै बन्द गर्दा धादिङबेसीका खाद्यान्न गोदामहरुमा रहेका सामाग्री उत्तरी क्षेत्रमा लान नपाउँदा उत्तरी क्षेत्रमा देखिएको खाद्यान्न संकटले झन जटिल रुप लिन सक्ने स्थिति पैदा गरेको छ ।

वर्षा याम सुरु हुनै लागेको छ, वर्षा सुरु अगावै उत्तरी क्षेत्रमा खाद्यान्न ढुवानी हुन्थ्यो । ग्रामिण सडक बन्द हुने भएपछि वर्षाद अगावै पुर्याईने खाद्यान्नले उत्तरी धादिङको खाद्यान्न संकटलाई सम्बोधन गर्दै आएको थियो । यो पटक खाद्यान्न वर्षा अगावै कोरोना संकट देखा पर्यो भने सदरमुकामका बजार वडाले बन्द गरिदिँदा धादिङबेसी बजारबासीका लागि भन्दा उत्तरी धादिङका लागि सकस भएको देखिन्छ ।

कोभिड -१९ बाट जोगिन राज्यले लकडाउन गरेको छ, लकडाउन कार्यान्वयनका लागि स्थानीय प्रशासन मार्फत सूचना जारी गरि सकेको छ, भने फेरि संघीय सरकारको निर्णय सँग वाझिने गरि अन्य संघ संस्था, टोल सुधार समितिहरुले आफु अनुकुल कडाईको नाममा अत्यावश्यकीय सेवा बन्द गराउन नपाउने मानव अधिकारकर्मीहरु बताउँछन् ।

सामाजिक दुरी कायम गराउन, लकडाउनलाई कडाई बनाउन सरकारले सबैको साथ खोजि रहेको छ ताकी अत्यावश्यीय सेवा बन्द गराउनै पर्ने स्थिति भयो, भने कारण सहित जिल्ला प्रशासन मार्फत सरकारले बन्द गर्छ । समुदाय नै आतंकित बनाउने गरि वडा र टोलसुधार समितिहरुले अत्यावश्यक सेवा बन्द गराउन नपाउने विज्ञहरु बताउँछन् ।

यस अघि विपद व्यवस्थापन समिति धादिङको बैठकले गरेको निर्णय