
धादिङ फागुन १६ । धादिङको बेनिघाट राेराङ गाउँपालिका स्थित बेनिघाटमा जिल्ला कै पहिलाे क्रीकेट रंगशाला बन्ने भएकाे छ ।
गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकाेटी (हरि) का अनुसार अबकाे केही दिनमा नै क्रीकेट रंगशाला निर्माणकाे सुरु गरिने छ ।
१५ कराेड डिपिआर रहेकाे यस क्रीकेट रंगशाला निर्माणकाे लागि संघीय सरकारले यश वर्ष ५० लाख विनियाेजन गरेकाे र यश आर्थिक वर्षमा यहि रकम बराबरकाे काम हुने समेत प्रमुख डल्लाकाेटीले बताए ।
प्रमुख डल्लाकाेटीका अनुसार अहिले थाेरै रकमकाे काम भएपनि आगामी आर्थिक वर्ष देखि प्राथमिकतामा राखेर वजेट विनियाेजन हुनेछ ।
बेनिघाट क्रीकेट रंगशाला निर्माण समितिका अध्यक्ष दिपेश कडेलले गउँपालिका प्रमुख, प्रदेश र संघका सबै माननियहरु लाग्नु भएकाेले बेनिघाटमा क्रीकेट रंगशाला निर्माणले पुर्णता पाउनेमा ढुक्क रहन समेत आग्रह गरेका छन् ।

