
धादिङ माघ २५ । धादिङ ज्वालामुखी गाउँपालिका मैदी निवासी शरण सामरीलाई नेपाल भलिबल संघले उदयीमान पुरुष भलिबल खेलाडी घाेषित गरेकाे छ ।
महिला तर्फ भने उदयीमान खेलाडीमा उषा भण्डारी घाेषित भईन् ।
नेपाल भलिबल संघले भलिबल वर्ष खेलाडीकाे रुपमा सरस्वती चौधरी र कुलबहादुर थापालाई छनाैट गरेकाे छ ।
बर्ष प्रशिक्षकतर्फ एपीएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट ठहरिए । उनी बर्ष समेत महिला प्रशिक्षकको उपाधि जित्न सफल भएका थिए ।
पुरुषतर्फको प्रशिक्षकमा एपीएफका सरोजकुमार श्रेष्ठ घोषित भए ।
घाेषित सबैले अवार्ड सहित जनही २५ हजार रुपैयाँ प्राप्त गरे । संघले न्यु डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राईलाई समेत नगद सहित सम्मान गरेको थियो ।
