
धादिङ माघ ५ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले पौष २९ गतेबाट सुरुगरेको बृहत खेलकुद प्रतियोगिता अनुसार अन्तिम चरण मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
पहिलो चरणको राष्ट्रिपति रनिङ शिल्ड र सहिद स्मृति रनिङ शिल्ड विभिन्न विधाका खेलहरु सकिएपछि शनिबारबाट सुरुभएको दोस्रो चरणको हर्षबहादुर स्मृति कप टी २० क्रिकेट प्रतियोगिता पनि सकिएपछि आईतबारबाट अन्तिम चरणको मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु गरिएको गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठकले बताए ।
बेनिघाट रोराङको टी-२० क्रिकेटको उपाधी ब्राईट फ्यूचरलाई
बेनिघाट रोराङको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो
बेनिघाट रोराङमा बृहत खेलकुद उत्सव सुरु
नकआउट चरणमा खेलाईएको यस फुटबल प्रतियोगिताको माघ ७ गते फाईन गरिए सँगै सबै चरणका खेलहरुको पुरस्कार वितरण गरिने शिक्षा अधिकारी पाठकले धादिङपोष्टलाई बताए ।
आज दिउँसो देखि सुरुभएको मदन भण्डारी कप फुटबल प्रतियोगिताको पहिलो खेल निर्धारित समय सम्म ब्राईट फ्युचर मलेखु र राइजिङ स्टार मावि बीच बराबरी भए पछि भएको पेनाल्टी सुटआउटमा राइजिङ स्टार मावि विजयी बनेको छ । यो सगै ब्राईट फ्युचर मलेखु प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै आजै भएको दास्रो खेलमा पिपल भञ्ज्याङ माविले हर्कपुर माविलाई एक गोलले हराउँदा हर्कपुर मावि प्रतियोगिताबाट बाहिरिएको छ । फुटबल प्रतियोगिताका खेल संयोजक देवराज घलानका अनुसार भोलि सकभर समेफाईनल सम्माका सबै खेलहरु सकिने छन् भने फाईनल खेल मंगलबार खेलाईने छ ।
खेल तालिका यस्तो छ


