
धादिङ माघ ४ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले धादिङ जिल्ला मै पहिलो पटक सुरुगरेको विद्यालय स्तरीय टी २० क्रिकेट प्रतियोगितामा दिपेश सेढाई सम्किएका छन् ।
विशालटार स्थित चन्द्रोदय माध्यामि विद्यालयको खेल मैदामा सुरुभएको उक्त प्रतियोगिताको फाईनल पुर्वनै बागेश्वरी माध्यामिक विद्यालय मलेखु रिचोकटारबाट खेलेका सेढाई एकाएक चर्चामा आएका हुन् ।
विशालटार स्थित चन्द्रोदय माध्यामि विद्यालयको खेल मैदानमा सुरुभएको उक्त प्रतियोगिताको फाईनल पुर्वनै बागेश्वरी माध्यामिक विद्यालय मलेखु रिचोकटारबाट खेलेका सेढाई ब्याटिङमा चम्किएका हुन् ।

राम्रो क्रिकेट प्राक्टिस समेत गर्ने खेल मैदान नभएको बागेश्वरी माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्ने सेढाईले शनिबार २ खेल खेले पहिलो खेल राईजिङ स्टार सँग खेल्दा उनले २८ बलमा ६७ रन बनाए भने दोस्रो चन्द्रोदय मावि बेनिघाट सँग खेल्दा १९ बलमा २५ रन बनाई बेगेश्वरीलाई फाइनल पुर्याएका थिए ।
बेनिघाट क्रिकेटमा अर्को फाईनलमा पुग्ने भाग्य मानि टिम हो, ब्राईट फ्युचर बोर्डिङ स्कुल मलेखु खेल तालिका बनाउँदा बाई पर्दै शंखादेवि माविलाई सँग एक खेल जित्दै फाइनल पुगेको हो ।

शुक्रबार भएको पहिलो खेल मझिमटार स्थित शंखादेवि माविले चन्द्रोदयमावि विशालटारलाई हराएको थियो भने दास्रो खेलमा मलेखु रिचोकचार स्थित बागेश्वरी माविले चरौंदी स्थित राइजिङ स्टार बोर्डिङलाई हराएको थियो ।
यस्तै तेस्रो खेलमा मलेखु स्थित ब्राईट फ्यूचर बोर्डिङले मझिमटार स्थित शंखादेवि माविलाई र मलेखु स्थित बागेश्वरी माविले बेनिघाट स्थित चन्द्रोदय माविलाई हराएको थियो ।
आईतबार बिहान ८ बजे तेस्रो पोजिशनको लागि शंकादेवि मावि मझिमटार र चन्द्रोदय मावि बेनिघाट बीच र फाईनल खेल १० बजे मलेखु स्थित ब्राईट फ्यूचर बोर्डिङ र बागेश्वरी मावि बीच हुने खेल संयोजक दिपेश कडेलले बताए ।
क्रिकेटको फाईनल खेल सकिए लग्गतै आईतबार मदन भण्डारी कप अन्तरगत फुटबल प्रतियोगिता सुरु हुने छ उक्र फुटबल प्रतियोगिताको फाईनल सँगै माघ ७ गते बेनिघाट रोराङको बृहत खेलकुद प्रतियोगिता समापन गरिने गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठकले बताए ।

