
धादिङ माघ २। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ स्थित सल्यानटारमा रंगशाला बन्ने भएकाे छ ।
आसिन फाँटको २९ रोपनी ९ आना १ पैसा १२ दाम जग्गा सरकारले उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेकाे छ ।
सुचना प्रविधि तथा सञ्चारमन्त्री सरकारका प्रवक्ता गोकुल बास्कोटाले रंगशाला निर्माणका लागि जग्गा छुट्याउने निर्णय गरेको जानकारी दिएका छन् ।
बुढी गण्डकी जलविद्युत परियाेजना पछि बन्ने शहरकाे परिकल्पना गरिएकाे सल्यानटार नेपाल कै दाश्राे ठुलाे टारका रुपमा चिनिन्छ । बुढि गण्डकी जलविद्युत आयाेजनाकाे मुअब्जा वितरण सँगै किनबेचमा ह्वात्तै बढेकाे जग्गा भाउले खेलमैदान बन्न नसकि रहेकाे अवस्थामा मन्त्रीपरिषदले नै निर्णय गरि रंगशाला निर्माणकाे लागि जग्गा दिनेभए सँगै स्थानियहरु खुसी भएका छन् ।
