बेनिघाट रोराङमा बृहत खेलकुद उत्सव सुरु

Avatar photo
दिपेश कडेल
पुस २९, २०७६

धादिङ पुस २९ । धादिङको बनिघाट रोराङ गाउँपालिकाले अन्तर माध्यामिक विद्यालय स्तरीय बृहत खेलकुद उत्सव बिशालटार स्थित चन्द्रोदय माविको खेलकुद मैदानमा सुरुगरेको छ ।

माघ ७ गते सम्म चल्ने उक्त प्रतियोगिताको पहिलो चरणकोे खेल अन्तरगत पुस २९ देखि राष्ट्रपति रनिङ शिल्ड र मजदुर सहिद स्मृति रनिङ शिल्ड प्रतियोगिता माघ २ गते सम्म संचालन हुने छ । यस चरणको खेलमा राष्ट्रिय खेलकुद परिषदले तोकेका खेलहरु भलिबल, कबड्डी, दौड, सटपुट, लगायतका खेलहरु हुने छन् ।

बेनिघाट रोराङमा क्रिकेट रंगशाला यसै वर्षबाट सुरु हुन्छ -सांसद त्रिपाठी

बेनिघाट रोराङ नेपालकै भाग्मानि गाउँपालिका हो -प्रमुख डल्लाकोटी

बेनिघाट रोराङद्वारा सागमा सहभागि खेलाडीलाई सम्मान

दोश्रो चरणको खेलमा माघ ३ र ४ गते हृदयघाटका कारण मृत्यू भएका बेनिघाट रोराङ गाउँपालिकाका पहिलो प्रमुख प्रसाशकिय अधिकृत हर्षबहादुर थापाको सम्झनामा हर्षबहादुर कपको आयोजना हुने छ यस चरणको खेलमा विद्यालय स्तरीय टी २० क्रिकेट हु्नेछ । धादिङ जिल्लामै यो पहिलो पटक गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

त्यस्तै अन्तिम चरणको खेल माघ ५ र ७ गते सम्म मदन भण्डारी कप आयोजना हुने छ यो प्रतियोगिता पनि अन्तर विद्यालय स्तरीय फुटबल हुने गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठकले बताए ।

मंगलबार गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीको सभापतित्वमा भएको एक विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन धादिङका संघीय सांसद भुमि त्रिपाठीले गरेका थिए ।

यस्तो छ खेल तालिका