
धादिङ पुस २९ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागि भई विजयी भएका धादिङका १० जना खेलाडीलाई सम्मान गरेको छ ।
गाउँपालिकाले चन्द्रोदय माध्यामिक विद्यालयको खेलकुद मैदानमा सुरु गरेको बृहत खेलकुद उत्सवको उद्घाटन समारोहका बीच गाउँपालिकाले जनही नगद १० हजार र सम्मान पत्र दिएर सम्मान गरेको हो ।
माघ ७ गते सम्म चल्ने बृहत खेलकुद उत्सव उद्घाटन समारोहका प्रमुख अतिथि भुमि त्रिपाठी र पालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले धादिङको इज्जत र गौरव मात्र नभएर खेलकुद जगतमा नेपालको शान उचो राख्न सहयोग पुर्याएकोमा बधाई सहित सम्मान गरेका थिए ।
अन्यत्र जिल्लाहरुमा सामान्य क्लव देखि जिल्ला समन्वय, नगरपालिका लगायतले नगद सहित सम्मान गरि रहेको सामाचारहरु सार्वजनिक गरि रहँदा जिल्लाका सबै खेलाडीहरुलाई उपस्थिति गराई सम्मान गर्नेमा बेनिघाट पहिलो भएको छ ।
यी हुन् सम्मानित बेनिघाट रोराङले सम्मान गरेको सागमा विजेता धादिङका खेलाडी
स्वर्ण पदक विजेता
१. सन्तोषी श्रेष्ठ, १० हजार मिटर दौडमा, ज्वालामुखी गाउँपालिका
२. सोनी गुरुङ, ट्रायथोलनमा सिद्धलेक गाउँपालिका
३. सञ्जिला तिमल्सिना, पुन्से (१७ देखि २३ वर्षको उमेर समुहमा), त्रिपुरासुन्दरी गाउँपालिका
रजत पदक विजेता
१. आशिष दुवाडी, बक्सिङ (९१ केजी तौल समुह सुपर हेभी), ज्वालामुखि गाउँपालिका
२. गणेश प्रधान, बक्सिङ (८१ केजी तौल समुह लाईट हेभी), नेत्रावती डब्जोङ गाउँपालिका
३. लक्ष्मण मल्ल, ट्रायथोलन अन्तरगत दुवाथोलन, गल्छी गाउँपालिका
४. सरिता भुजेल कबड्डी
कास्य पदक विजेता
१. दिपक अधिकारी, १० हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
२. हरि रिमाल, ५ हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
३. पवन श्रेष्ठ, जुडो तर्फ त्रिपुरासुन्दरी गाउँपालिका







