
धादिङ पुस २९ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले बेनिघाट रोराङ नेपाल कै भाग्य मानि गाउँपालिका भएको दावी गरेका छन् ।
गाउँपालिकाले चन्द्रोदय माध्यामिक विद्यालयको खेलकुद मैदानमा सुरु गरेको बृहत खेलकुद उत्सवको उद्घाटन समारोहमा बोल्दै प्रमुख डल्लाकोटीले विकासका लागि वजेटले नरोकिने गाउँपालिका बेनिघाट रोराङ भएको दावी गरेका हुन् ।
हामी भाग्य मानी यस अर्थमा छौ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेल, संघीय सांसद भुमि त्रिपाठी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल आफ्नै गाउँपालिका छन् अझ प्रदेशका संघीय आन्तरिक मामिला तथा कानुन मन्त्री आफ्नै क्षेत्रको रहेको बताउँदै उनले भने यो बेला वजेटका कारण विकास रोकिने कुरै आउँदैन ।
विकासको मोडल र गति अन्य गाउँपालिकाले पनि बोनिघाट रोराङको अनुशरण गर्ने गरेको बताउँदै प्रमुख डल्लाकोटीले ६ वर्षमा नसकिने काम आफुले २ वर्ष मै सकेको बताएका थिए ।
गाउँपालिकाले बृहत खेलकुद उत्सव आयोजना गरेको छ यस प्रतियोगितामा सहभागि कुनै पनि विद्यालयका केलाडीले खेललाई विवादित बनाए उक्त विद्यार्थी पढ्ने विद्यालयलाई अनुदान कटौति समेत हुन सक्ने बताउँदै खेल अनुशाशित र मर्यादित बनाउन आग्रह गरेका थिए ।
