वागमती प्रदेश स्तरीय भलिबलमा धादिङकाे जित सुरु

Avatar photo
दिपेश कडेल
पुस २७, २०७६

सिन्धुपाल्चोक पुस २७ । सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका–७ सानो सिरुवारीमा सुरुभएकाे बागमती प्रदेश स्तरीय खुल्ला भलिबल प्रतियाेगितामा धादिङले जित सुरु गरेकाे छ ।

बागमती प्रदेशका काठमाडौं र रसुवा बाहेक ११ जिल्लाले भाग लिएकाे यस प्रतियाेगितामा धादिङले दाेलखालाई पराजित गरेकाेे खेलाडी शम्राट श्रेष्ठले बताए ।

भ्रमण वर्ष २०२० को सफलताको लागि सिन्धुपाल्चोकसहित चौतारा साँगाचोकगढी नगरपालिका र सानोसिरुवारी क्षेत्रका पर्यटकीय महत्वका सम्पदाको प्रचारप्रसार गर्नका लागि यो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

यस प्रतियाेगितामा प्रथम हुने जिल्लाकाे टिमले २ लाख २० हजार ०२० रुपैयाँ पुरस्कार पाउने छ ।