बेनिघाटमा क्रीकेट प्रतियाेगिता हुने

Avatar photo
दिपेश कडेल
पुस २०, २०७६

धादिङ पुस २० । धादिङको बेनिघाट राेराङ गाउँपालिकाले पुस २९ गते देखि माघ ७ गते सम्म खेलकुद उत्सव मनाउने भएकाे छ ।

खेलकुद उत्सवका क्रममा राष्ट्रपति रनिङ शिल्ड अन्तरगतका खेल विधा र जिल्लामै पहिलाे पटक पालिका स्तरीय हर्ष बहादुर थापा स्मृति कप टी २० क्रीकेट प्रतियाेगिता र मदन भण्डारी स्मृति कप फुटबल प्रतियाेगिता हुन लागेकाे दिपेश कडेलले धादिङपाेष्टलाई बताए ।

यस गाउँपालिका भित्र रहेका ११ वटा माध्यमिक विद्यालय स्तरीय हुने खेलकुद उत्सव पुस २९ गते भव्य समाराेहका बीच उद्घाटन हुने बताईएकाे छ ।

पुस २९ गते सुरुहुने राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता माघ २ गते सम्म, हृदयघातका कारण मृत्यू भएका गाउँपालिकाका प्रशासकिय अधिकृत हर्ष बहादुर थापाकाे स्मृति कप टी २० क्रीकेट माघ ३-४ गते र मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता माघ ५-७ गते सम्म हुने क्रीकेट खेल संयाेजक दिपेश कडेलले बताए ।

यस्ताे छ खेल तालिका