धादिङबेसीमा सागमा सहभागी खेलाडीलाई सम्मान गरिने (खेलाडीको नाम समेत)

Avatar photo
नारायण सिलवाल
पुस ८, २०७६

धादिङ पुस ८ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विभिन्न खेलकुद विधामा सहभागी धादिङका ११ जना खेलाडीलाई पुस ११ गते ११ बजे धादिङबेसीमा सम्मान गरिने भएको छ ।

धादिङका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको सम्मान कार्यक्रमकै बीच राष्ट्रिय तेक्वान्दो संघ धादिङको जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता समेत उद्घाटन हुने बताईएको छ ।

सागमा सहभागी खेलाडी सम्मान तथा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता समेत उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले गर्ने छन् ।

पुस ११ गते ११ बजे धादिङबेसी पुछारबाट खेलाडी सहितको र्याली गरिने र कभर्डहलमा पुगेर सम्मान कार्यक्रम गरिने हुँदा कार्यक्रममा सहभागिताको सम्पूर्ण जिल्लाका खेलाडी, खेल प्रेमी जिल्लाबासीहरुलाई आग्रह गरिएको राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष अमृत तामाङले बताए ।

यी हुन् धादिङका सागमा सहभागी खेलाडीहरु

स्वर्ण पदक विजेता
१. सन्तोषी श्रेष्ठ, १० हजार मिटर दौडमा, ज्वालामुखी गाउँपालिका
२. सोनी गुरुङ, ट्रायथोलनमा सिद्धलेक गाउँपालिका
३. सञ्जिला तिमल्सिना, पुन्से (१७ देखि २३ वर्षको उमेर समुहमा), त्रिपुरासुन्दरी गाउँपालिका

रजत पदक विजेता
१. आशिष दुवाडी, बक्सिङ (९१ केजी तौल समुह सुपर हेभी), ज्वालामुखि गाउँपालिका
२. गणेश प्रधान, बक्सिङ (८१ केजी तौल समुह लाईट हेभी), नेत्रावती डब्जोङ गाउँपालिका
३. लक्ष्मण मल्ल, ट्रायथोलन अन्तरगत दुवाथोलन, गल्छी गाउँपालिका

कास्य पदक विजेता
१. दिपक अधिकारी, १० हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
२. हरि रिमाल, ५ हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
३. पवन श्रेष्ठ, जुडो तर्फ त्रिपुरासुन्दरी गाउँपालिका

सहभागी
१. दिपक श्रेष्ठ, बक्सिङ, गंगाजमुना गाउँपालिका
२. शरण सामरी, भलिबल, ज्वालामुखी गाउँपालिका