एनआरएनए डे बारे के भन्छन् प्रवासमा रहेका धादिङका युवा

Avatar photo
Dhadingpost
बुधबार, अशोज २४, २०८०

धादिङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आज २० औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । यस वर्षको स्थापना दिवस एनआरएनएले परम्परागत रुपमा नेपाल मै मनाएको छ ।

विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागररकको ज्ञान, सीप, प्रविधि र पँजीको परिचालन गर्दै देश विकासमा टेवा पुर्‍याउने सोचले रुसमा बस्ने नेपालीहरूको सक्रियतामा सन् २००३ अगस्ट लन्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोबर ११/१३ तारेखमा काठमाडौँमा पहिलो विश्व सम्मेलन गरेर विधिवत् गैरआवासीय नेपाली सङ्घको स्थापना भएको थियो ।

संघको नयाँ नेतृत्वको लागि निर्वाचन १९ अक्टोवरमा हुने कार्यतालिका तय भए सँगै संघका पदाधिकारी उम्मेदवारका आकांक्षी, प्रतिनीधिहरु नेपाल आउने क्रम पनि जारी छ ।

एनआरएनए स्थापना दिवसको अवसरमा के भन्छन् विभिन्न मूलुकमा बस्दै आएका धादिङका युवा

हार्दिक शुभकामना 💐
‘नेपालीका लागि नेपाली’ भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघले अक्टोवर ११ तारिखलाई ‘NRN DAY’ (एनआरएनए दिवस) को रुपमा मनाउदै आएको छ । विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघको स्थापना दिवसलाई नेपाल सरकारले समेत औपचारिक मान्यता दिएको छ । यसै अवसरमा पोर्चुगल लगायत संसारभरि रहनु भएका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना तथा बधाइ ज्ञापन गर्दछु ।
रविन अधिकारी
निबर्तमान अध्यक्ष
गैर आवासीय नेपाली संघ पोर्चूगल
तथा
एनआरएनए आईसीसीको आसन्न ११ औ महाधिवेशनमा आई सी सी युवा संयोजक पदका उम्मेद्ववार

संसारको जुन सुकै कुना भएका नेपालीहरुको सुख र दु:खको सारथी बन्न सकोस र विदेशमा बस्ने समस्त नेपालीहरुको समग्र हितको लागी आगामी दिनमा संस्था अगाडी बढोस् बन्ने चाहना सहित २० औं एनआरएनए डे को अवसरमा विश्व भरि रहनु भएका समस्त गैर आवासीय नपालीमनहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
कासी दनै
उपाध्यक्ष
गैर आबासीय नेपाली संघ बेल्जियम

नेपाली राष्ट्रिय संघ संघ (NRNA) दिवसको अवसरमा मैले नेपालका बाहिर बसेका नेपालीहरूको समृद्धि र परमानन्दका लागि निम्नलिखित चाहान्छु:

  • आत्म-परिचय: म नेपालका बाहिर बसेको नेपाली मान्छ हुँ, र म नेपालको संस्कृति, पर्वहरू, र भूपू-भूमि बारे अरूलाई थाहा पाइन्छ भनेर परिचय गराउँछु ।
  • सहयोग गर्नु: म नेपालको विकासका लागि उपयोगी प्रतिबद्ध छु, जसले शिक्षा, स्वास्थ्य, पर्यटन, पर्यावरण संरक्षण, रोजगारका अवसर, र सामाजिक परिवर्तन जस्ता क्षेत्रमा सहयोग पुर्याउँछु ।
  • नेपालको प्रति प्रेम: म नेपालको सुन्दर दृश्य, पर्वहरूको माहोल, र साथी-सँग भरिपूर भएको समुदायको प्रति प्रेम र अपनाउँछु ।
  • NRNA दिवसमा, म संघको मूल उद्देश्यमा सहयोग गर्ने विश्वास गर्दछु र साथै २०२३-२०२५ को लागि हुन गइ रएको निर्वाचनमा कुनै प्रकारको राजनीति न घुसोस भन्दै एनआरएनए दिवसकाे अवसरमा सम्पूर्ण विदेशमा रहनु भएका नेपालीमा शुभकामना तथा सम्पूर्ण नेपालीमा शुभ विजयादशमी,तथा दीपावलीको अवसरमा यहाँको सु-स्वास्थ्य दीर्घायु एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना दिन चाहान्छु ।

कुमार अधिकारी
उपाध्यक्ष ,
२०१९-२०२१ २०२१-२०२३
NRNA अष्ट्रीया

नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैर आवासीय नेपाली अभियानले आजबाट २० औँ वर्ष पूरा गरेको छ । विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो । हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै आएको छ । स्थापनाको २० वर्षको अवधिमा ८६ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न संघ सफल भएको छ ।
गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २० औँ वर्षगाँठ मनाइरहँदा स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारी छ । यसबीचमा सबैभन्दा ठूलो उपलब्धी अर्थात विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी बाटो खोलेको छ । यस अधिकारसँगै विदेशमा रहेका नेपालीमा राष्ट्रप्रतिको दायित्व र जिम्मेवारी बढेको महसुस भएको छ । एनआरएनएको रणनीतिक लक्ष्य विश्वभर बसोबास गर्ने नेपालीलाई एकताबद्ध गरी एउटै छातामुनि ल्याउनु हो। नेपाल भित्र र बाहिर उनीहरुको हितको संरक्षण र प्रवर्द्धन गर्ने र उनीहरुको सम्भाव्यता र स्रोतसाधन नेपालको हितमा उपयोग गर्ने । बिगत केहि बर्ष यता यो सस्था विवाद आए पनि हाल सुधारात्मक रुपमा उन्मुख भएको छ। राजनीतिक, जातीय तथा व्यवसायिक बिषय बाट टाढा रहेर अगाडी बढ्नु पर्ने देखिन्छ। धन्यबाद
राजन खकुराल
अन्तर्राष्ट्रिय धादिङ समाज अध्यक्ष तथा पुर्व सचिव, कोष परिचालन बिभाग एनआरएनए आईसीसी

यतिबेला एनआरएनए संकटको अवस्थामा छ । संस्थामा काम गरेका, समाज बुझेका, नेतृत्व लिन सक्ने र एनआरएन प्रति अपनत्व रहेका व्यक्तिहरु उम्मेदवार हुन सकेनन । एनआरएनए गैर राजनीतिक संस्था हो । सिद्धान्ततः यसको चुनाव राजनीतिक पार्टीहरूको प्रतिस्पर्धाबाट होइन । तर हालको नेपाली राष्ट्रिय संघ संघ (NRNA) राजनीतिक दलको भातृसंगठन जस्तै बन्ने बाटोमा उन्मुख छ ।
रामकुमार थापा
पूर्व सहसचिव नेपाली राष्ट्रिय संघ संघ (NRNA) नागोया क्षेत्रिय समिति जापान

रहर, बाध्यता र आकांक्षाले विदेशिनेहरुको परिचय नै परदेशी अर्थात गैह्र नेपाली । सुन्दा नै हेलत्व लागने भए पनि रहरले जानेहरुले जस्तै कहर अनि बाध्यताले जाने हरुले शब्दलाई छोडेर जन्मभूमीलाई मायाँ गर्छन् । यही मायाँ ममतालाई सँगालेर बोल्न याचनामा सहयोग जुटाउन र थोरै भएपनि आहतमा मलहम लगाउने एउटा सँस्था बन्यो एन्आरएन्ए । केही सिमित मानिसहरुले यसलाई मनोपरी प्रयोग गरे अथवा वैयक्तिक हितमा उपयोग गरे भनेर धेरै प्रवासीहरुले आफ्ना जिल्लाको नाममा सँस्था खालेका पनि छन् । अजानिदो रुपमा त्यो पनि नेतृत्व तयार हुँदै नै छ । धेरैलाई कामको चटारोले पनि यस्ता संस्थाका विषयमा कम चासो पर्ने गरेको पनि देखियो। कति पय देशमा यो संस्थाप्रतिको दृष्टीकोण नकारात्मक छ । तथ्य ५० हजार नेपाली भएको मलुकमा ५ हजार पनि संस्थाका सदस्य नहुनुले प्रमाणीत गर्छ । तर पनि दुःख पर्दा काम लाग्ने नै सँस्था हो । सुदृढीकरण निरन्तरताको विधि हो र प्राकृत सत्य पनि हो

रेमिट्यान्स मुख्य श्रोत हुने हाम्रो देशको निश्चित प्लान नहुनु नै दुर्भाग्य हो । दीर्घकालिन महत्वका योजनाहरुमा सरकारले प्रत्यक्ष आनुपातिक सहभागिता हुने ५०/५० को योजना बनाउन सकेको भए हालसम्म रेमिट्यान्स गएको मध्ये ५०% रकम अनिवार्य कोषमा हुनेथियो । समारिक महत्वको विषयमा सरकारले चासो नदिँदा गएको रेमिट्यान्स घर खर्चमा सकिएको छ । खर्च कटौति र लगानीमा कसैको चासो देखिँदैन , यो पहिलो योजना अभाव हो ।
उत्पादनमा जोड दिने विषयमा पनि परदेशमा रहेको सीप र लगानी भित्र्याउन सरकारले चासो देखाउँदैन । लगानीको सुरक्षा र उत्पादनको विनिमयको ग्यारेन्टी नहुनु अर्को योजना अभाव हो । हरेक कुरामा पर निर्भरता हुनुमा यही एउटा कमजोरी छ । भारतको बजार ब्यवस्थापनको बिचौलिया र माफिया गिरी रहुञ्जेल यो सम्भव हुन्न यद्यपि सरकारले चाहे नहुने के छ र१
जति विदेशिए बल भएका निस्किए अर्थात युवा निस्किए, अब तिनीहरु देशको अबस्था देखेर फर्किन नचाहनेहरुको बाहुल्यता छ । शिक्षामा पनि मातृभूमी प्रतिको मायाँ र त्यसका लागि गर्न सकिने कामहरुको सफताका कथाहरु देख्न पाईँदैन। बजारमा कथाहरु पाउन माथिका कमजोरीहरु नै कारक हुन्। हुण्डी, हाते ऋण चलाउने देखि परदेशमै कम्पनी व्यवसाय खोल्नेहरुले पनि उल्लिखित कारणले नै देशको मायाँ कुथुरी बनाएर खोपीमा राखिसके । न कथा छ, न कुथुरी छ। सबैले स्थायी बसोवास र परिवार ब्यवस्थापन मै समय र लगानी बढाएका छन् । एकै जनाका २२ वटा सम्म ब्यवसाय परदेशमै चलेकै छन् । सबैमा ऊ पुग्न परेको छैन । हप्ता असुली देखि उधारो सम्मका लफडा छैनन्। घरबेटीको अचाक्लीको भाडा अनियमितता पनि छैन । कामगर्छु भन्नेलाई बैँकले सहजै सहयोग पनि गर्छ । ब्यवस्थापन गर्न वातावरण पनि हुनुपर्दो रहेछ ।
यति सबै सहजता र सम्भावनामा सबैले आफ्नो परिवार परदेशमै बोलाउने र अझै आंशिक सम्पत्ती समेत यतै ल्याउने अनि घर जग्गामा लागनी गर्ने तर्फ अबको युवा लालयित छ । यसो हुनु आजन्म देशका लागि घाटा छ। सरकारले आफूलाई रेमिट्यान्सको रुपमा पेन्सन आएको सम्झिरहेको छ। र बुढो हजुरबुबाले झैँ मौनतामा दिनहरु कटाईरहेको छ । सरकारले रेमिट्यान्सको उचित व्यवस्थापन गर्न नसकुञ्जेल र दीर्घकालिन महत्वका उत्पादन योजनाहरुमा उचित योजना बनाउन नसकुञ्जेल भित्रिएको अर्थको के अर्थ ?
गोविन्द बुढाथोकी
एनआरएन्ए नर्थ पोर्चुगल