धादिङ । कुरिनटारबाट उत्पादन सुरु गरेको बाह्रसिघे बियर संचालकले गरेको निमन्त्रण स्वीकार गर्दै मलेखुका होटल व्यवसायी महिला उद्योगमै पुगेर अवलोकन गरेका छन् ।
उद्योग अवलोकन गर्न कम्पनीले निमन्त्रणा गरेकोले आफुहरु आज उद्योग अवलोनको लागि आएको बविता कडेलले बताईन् ।
चितवनको ईच्छाकामना गाउँपालिका कुरिनटारमा लगभग ६ विघा जग्गामा याक ब्रुअरी उद्योगबाट उत्पादन सुरु भएको बाह्रसिघे ब्राण्डका वियर ग्राहकले उद्योगमै गयर स्वाद लिन सक्ने कम्पनीले जनाएको छ ।
वियर पिउन हुन्छ ?
वियर पनि एक प्रकारको मद्यपान नै हो र मद्यमानलाई स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ । तर पोषण विज्ञहरुले भने वियरको सन्तुलित मात्रा स्वास्थ्यका लागि लाभदायक हुने बताएका छन् । विज्ञहरुका अनुसार दैनिक ३ सय ५५ मिलिलिटर सम्म वियर सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
वियर विभिन्न खाले सुक्ष्म पोषक तत्वको राम्रो श्रोत हो । यसमा फोलेट, भिटामिन बी ६, नियासिन, प्यान्टोथेनिक एसिड तथा राइबोफ्लाभिन जस्ता पौष्टिक तत्व पाइन्छ । यसमा मध्यमस्तरमा फाइबर तथा प्रोटिन समेत पाइन्छ । वियरको सेवनले हड्डी मजबुत पार्न सहयोग गर्छ । यसमा सिलिकन तत्व पाइन्छ जसले हड्डीमा लवण तत्वको घनत्व वृद्धि गर्दै हाडलाई टुट्नबाट जोगाउँछ । जौँ बाट बनेकेा वियर हड्डीको लागि सबैभन्दा उपयुक्त पाइन्छ ।
वियरले रक्तनलीमा रगत जम्ने समस्यालाई समेत रोक्छ । यसले सरीरको लिपिड तथा फिबि्रनोजिन जस्तोे रक्तप्रवाह सँग सम्बन्धित प्रोटिनमा सकारात्मक प्रभाव पार्छ । वियरको सेवनले मृगौलामा पत्थरीको जोखिम पनि कम गर्छ । वियरमा पानीको मात्रा धेरै हुने र यसले मुत्रप्रणालीमा पार्ने प्रभावका कारण यस्तो हुने मत अनुसन्धानकर्ताहरुको छ । यसमा हुने यौगिकले हड्डीबाट क्याल्सियम निस्कने दर घटाउँछ । त्यस्तो क्याल्सियम मृगौलामा पत्थरी बनाउन काम गर्छ ।