गजुरीका विद्यार्थीको दिवा खाजा व्यवस्थित गर्न अन्तरक्रिया

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २९, २०७९

धादिङ । गजुरी गाँउपाकिला, फियान नेपालको संयुक्त ओयोजना र शान्ती नेपाल, प्रयास नेपपालको साझेदारीमा सामुदायिक विद्यालयमा दिवा खाजा व्यवस्थित गर्न सरोकारवालाहरु वीच अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामाा वालवालिकालाई पोषण तथा शिक्षा,दिवा खाजा मापदण्ड र व्यवस्थापन सहजिकरण एंव अनुगमन र वालवालिकालाई दिवा खाजाले भौतिक एवं मानसिक रुपमा पार्ने प्रभाव र खाजा व्यवस्थापन अवसर र चुनौती गरिएको थियो ।

शान्ती नेपालका लाल प्रसाद पाख्रेलले वालवालिकालाई पोषण तथा शिक्षाका विषयमा प्रस्तुती गर्दै पोषणमा किन काम गर्नु प¥यो, गजुरी गाउँ पालिकाको ग्रामिण क्षेत्रका बालबालिकामा उचाई अनुसार तौल, पोषण नै के हो, पोषण तत्व प्राप्तीका लागि सन्तुलित खाना, किन बालबालिका र किशोर किशोरीलाई बढी पोषण चाहिन्छ, पोषण सुधारका लागि बहुक्षेत्रिय योगदान र दिगो पोषण ब्यवस्थापनका चुनौतीका विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा गजुरी र्गाँउपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले भने, खाद्य अधिकार सञ्जालले भानुभक्त मावि र केउनेरी आविमा दिवा खाजा कार्यक्रम अनुगमन गरी मेरो कार्यकक्षमा चैत २१ गते छलफल गर्नु आउनु भयो । छलफलमा प्रतिवेदन बुझाउनु भयो प्रतिवेदन हेरे । प्रअ र अनुगमनकर्ताको कुरा सुने । र खाद्य अधिकारको क्षेत्रमा काम गर्ने फियान नेपाललाई र शिक्षा शाखा सुजन भण्डारीलाई भने एउटा कार्यक्रम आयोजना गरौ । त्यही कार्यक्रम आज भयो । तर सवै प्रअले समस्या राख्नु भएन । किन राख्नु भएन मलाई थाहा भएन । विद्यालय खाजा व्यवस्थित नभएको कुरा सत्य हो भन्ने लागेर पनि होला । यस अघिका भएका कमी कम्जोरीबाट पाठ सिकेर अव खाजा व्यवस्थित बनाउनु पर्छ । दिवा खाजा कार्यक्रम शिक्षा र स्वास्थय सँग सम्वन्धित छ । विद्यालयमा दिवा खाजा कार्यक्रम क्यान्टिनबाट खुवाउन पाइदैन । खाजा व्यवस्थापन गर्न गाँउपालिकाले समन्वय सहकार्य गर्छ ।

फियान नेपालको तर्फबाट राजेन्द्र बस्नेतले दिवा खाजा मापदण्ड र व्यवस्थापन सहजिकरण एंव अनुगमनका विषयमा प्रस्तुती गर्दै मानव अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता र खाद्य अधिकार तथा खाद्य सम्पभुता सम्वन्धी ऐनले व्यवस्थाको कसुरजन्य कार्य र सजाय, क्षतिपुर्ति मुद्दा दायर सम्वन्धी व्यवस्थाको जानकारी गराउनु भयो । साथै सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजिकरण पुस्तिका २०७६ले गरेको व्यवस्थाका सन्र्दमा विद्यालयमा दिवा खाजा कार्यक्रमको उद्देश्य, विद्यालयमा दिवा खाजा कार्यक्रमका समस्या र चुनौति,दिवा खाजाको मापदण्ड र गुणस्तर, दिवा खाजा सञ्चालन तथा व्यवस्थापन, दिवा खाजा कार्यक्रम व्यवस्थापनमा निकायगत जिम्मेवारी, स्थानीय तहको कार्यक्रम कार्यान्वयन संयन्त्र, खाजा अनुगमन समितिको काम कर्तव्य र अधिकार, अभिभावक आमा समूह गठन र काम कर्तव्य अधिकार, दिवा खाजा कार्यक्रम व्यवस्थित गर्न विद्यालय व्यवस्थापन समतिको भुमिका विषयमा सहजिकरण गरेका थिए ।

वडा अध्यक्षबद्री प्रसाद जम्कटेलले कहिलेकाही लाग्छ सुन्न र भन्न मात्र जन्मेको हुँ कि जस्तो । जता ततै सुनाउने र भन्ने काम मात्र देख्छु । कसैले काम गर्दा यस्तो समस्या आयो भन्दैनन । मेरा वडाका विद्यालयमा अनुगमन गर्दा जंग फुड खुवाएको भेटेको छैन । भेटिएमा प्रधानाध्यापकसंग स्पष्टिकरण लिन्छु । कयौ विद्यालयले शिक्षकलाई तलव खुवाउन वा खाजा बनाउने भान्से पाल्न खाजाको पैसाबाट निकालेको छन् । काम पवित्र होला तर मिलेनेको छैन । त्यसो गर्न हुदैन । अव साझेदार संस्थाहरले खाजाको लागि आवश्यक बजेटको कम्तिमा ३० प्रतिशत वजेट व्यवस्थापन गर्ने गरी कार्यक्रम बनाउनुस । अनि साझेदारी हुन्छ । आँउने आर्थिक वर्षबाट खाजाको लागि गाँउपालिकाले केही व्यवस्था गर्ने बताएका थिए ।