बालमैत्री बन्दै धुनिबेसी नगरपालिका

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २, २०७९

धादिङ । वालमैत्री तथा पोषणमैत्री स्थानीय शासन वाल अधिकार सम्वन्धी समग्र पक्ष (वाल वचाउ, वाल संरक्षण, वाल विकास र वाल सहभागिता) को प्रवद्र्धन गरी स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याईएको एक नबिन अबधारणा हो ।बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सबाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति हो ।यसले स्थानीय निकायलाई बालबालिकाको हितमा योजना तर्जुमा, स्रोतको विनियोजन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन जस्ता कार्य गर्न सघाउँदछ ।

स्थानीयस्तरका सबै क्षेत्र र तहका निकायहरुको नीति, संरचना, प्रणाली र कार्य प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिताको माध्यमबाट उनीहरुका अधिकार सम्बन्धी सबालहरुलाई मूलप्रवाहीकरण गर्ने,बालबालिकाहरुको वाच्न पाउने हक, संरक्षणको हक, विकास र जीवनयापनको हक र स्थानीय शासन र सेवा प्रवाह सम्वन्धी निर्णय प्रक्रियामा लबालिकाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने र बालमैत्री शासन प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५, बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि,बाल विकास रणनिति २०७७–२०८८, लगायतका कानून, नीति तथा कार्यक्रमहरूमा बाल अधिकारको समग्र पक्षलाई सम्बोधन गर्न विभिन्न व्यवस्था गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन ०७४ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ बमोजिम बालमैत्री स्थानीय शासन प्रवर्द्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी नगरपालिकाको वडालाई दिएको छ । उक्त ऐन अनुसार गरी वडा तथा नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । बाल अधिकारलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, मुलुकी देवानी संहिता ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५, बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ तथा बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०६९ जस्ता कानूनी व्यवस्था गरिएको छ ।

राज्यको पुनःसंरचनासँगै प्रदेश सरकार तथा स्थानीय तहको संबैधानिक जिम्मेवारी पुरा गर्न पन्ध्रौ योजनामा राखिएको दूरदृष्टि तथा दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी यो बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधी २०७९ कार्यान्वयनमा ल्याईएको छ । धुनिबेसीनगरपालिकाले कार्यविधीमा उल्लेख भएका अधिकाशं ३६ वटा सेवा प्रवाहका सूचकहरुर १५ वटा संस्थागत सूचकहरु गरी ५१ वटा सूचकहरु पुरा गर्दै बालमैत्री नगरपालिका अबलम्बन तथा घोषणा तर्फ उन्मुख भएको छ । धुनिबेसीनगरपालिकाले पालिका भर रहेका बिद्यालयहरुलाई बालमैत्री बनाउने,समुदाय र बिद्यालय तहमा गठन तथा वडा र गाउँपालिका स्तरीय संञ्जाल गठन,महिला तथा बालबालिका शाखालाई सम्पर्क शाखाका तोकी बाल तथा पोषण मैत्री स्थानीइ शासनको कार्यलाई तिब्रता दिएको छ ।

धुनिबेसीनगरपालिकाले बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि नगरपालिका तथा ९ वटै वडामा अभिमुखिकरण तथा बालमैत्री स्थानीय शासन समितिको गठन र सरोकारबालाहरुबाट बालमैत्री स्थानीय शासन संचालनको प्रतिबद्धता लिने जस्ता कार्य गरिसकेको छ ।कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि नितिगत र कानुनी व्यवस्था ,बालबालिकामा लगानी, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु, सुचकहरु, बालमैत्री स्थानीय शासनको संस्थागत संरचना, बालमैत्री स्थानीय शासन पालिका तथा वडा समितिको काम कर्तव्य र उत्तरदायित्व, बालमैत्री स्थानीय शासनका चरणहरु एवम् पुरा भएका सुचकहरुको दस्तावेजिकरणर आगामी योजनाहरुको बारेमा लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, अधिबक्ता तथा बालबालिका सम्बन्धि बिषय बिज्ञ सुनिता कडेलले सहजिकरण गरेका थिए ।

कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षहरु,वडा समितिका सबैसदस्यहरु,वडामा रहेको स्वास्थ्य संस्थाका प्रमुख,महिला र बालबालिकाको क्षेत्रमा कार्यरत स्थानीय गैरसरकारी संघसंस्था वा महिला समूह वा सामुदायिक संस्थाका प्रतिनिधि, प्रधानाध्यपक, विद्यालय/स्वास्थ्य व्यवस्थापन समितिप्रतिनिधि,वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु,वडा स्तरीय बाल संजालका बालबालिकाहरु सहित नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा अधिकृत लगायतको सहभागीता रहेको थियो ।

यसैगरी नगरपालिकाले बालबालिकाको वस्तुगत विवरण तयारी,बालबालिकाको स्थितिपत्रतर्जुमा र सार्वजनिकीकरण,नगर परिषदबाट आफ्नो निति तथा कार्यक्रम र बजेटमा बालबालिकाको क्षेत्रमा खर्च गर्ने प्रतिवद्धता सहितको नगरकार्यपालिकार नगरपरिषदको निर्णय,बालमैत्री स्थानीय शासनकोसेवाप्रवाहका न्यूनतम सूचकको स्थानीयकरण, निति कार्यविधी र आचारसंहिता तयारी र बालश्रममुक्त होटल कलकारखाना, इट्टा उद्योग बनाउने जस्ता कार्य अघि बढेको धुनिबेसी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले बताए ।