
काठमाडौं । माओवादी केन्द्रको जारी महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका बाराको निजगढ नगरका इन्चार्ज कुमार मोक्तान माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन् ।
माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसक्ने भन्दै मोक्तान अध्यक्ष ओली निवास बालकोट नै पुगेर एमाले प्रवेश गरेका हुन् ।
नेता कार्यकर्ता सहित ओली निवास पुगेका कुमार मोक्तान सहितलाइ ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका थिए । पार्टी प्रवेश पछी प्रतिक्रिया दिदै मोक्तानले बारा जिल्लाका हजारौ नेता कार्यकर्ता अब एमालेमा प्रवेश गर्ने बताए ।
