तरुण दलको प्रस्तावः राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावबाट हटाऔं

Avatar photo
Dhadingpost
पुस १, २०७७

काठमाडौं पुस १ । नेपाल तरुण दलकाले विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको जनाउँदै तरुण दलले सो प्रस्ताव गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, संसदीय मूल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नुपर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ नेपाली कांग्रेसले सुरु गरेको सडक संघर्ष अब अझै सशक्त हुनेछ ।